राष्ट्रिय युवासंघ लेकबेशीको अध्यक्षमा कसम गाहा

दिलिप ढकाल
गुर्भाकोट । राष्ट्रिय युवासंघ नेपाल सुर्खेतको लेकबेशी नगर कमिटीको अध्यक्षमा कसम गाहा सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको युवासंघको दोस्रो अधिवेशनबाट कसम गाहाको अध्यक्षमा ६५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा युवराज राना, उपाध्यक्षमा भक्तबहादुर सुनार र सन्तोष ढकाल, सचिवमा ईश्वर टङ्लागी, उप–सचिवमा पुस्पराज पङ्गाली र शक्ति पौडेल साथै कोषाअघ्यक्ष दिलसरा सुनार सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि सांसद ध्रुवकुमार शाही, विषेश अतिथि युवा सघं नेपालका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी सदस्य कमल विसीको उपस्थिती रहेको थियो। त्यस्तै अतिथि राष्ट्रि युवासंघ नेपाल प्रदेश अध्यक्ष तथा जिल्ला सदस्य गणेशमान खनाल, खड्क खत्री लगायतको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा नेकपा एमाले लेकवेशी नगर कमिटी अध्यक्ष देब राना, उपाध्यक्ष सिताराम पौडेल, अनेरास्ववियु जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।





