नियमित फोहोर संकलन गर्न नगरपालिकासँग माग

सुर्खेत । नगर क्षेत्रभित्रको फोहोरकोे उचित व्यवस्थापनमा ध्यान दिन माग गरिएको छ । भेरीगंगा नगरपालिकाको आयोजना, खानेपानी सरसफाई स्वच्छता तथा दिगोविकास लक्ष्य परियोजना र सामुदायिक रेडियो भेरीगंगाको समन्वय तथा सहकार्यमा सञ्चालित ‘वास मेला’ का सहभागीहरुले नगरपालिका क्षेत्रभित्र रहेको फोहोरको उचित व्यवस्थापनमा ध्यान दिन माग गरेका हुन ।
‘वास मेला’ मा रेडियो भेरीगंगा एफएमले संचालन गरेको वास बहसका सहभागिहरुले नगरपालिकाको ग्रामिण वस्ती तथा छिन्चु बजार क्षेत्रको सरसफाईमा नगरपालिकाले ध्यान दिनु पर्ने माग राखेका हुन् । नगरपालिका क्षेत्रभित्रको फोहोर व्यवस्थापनका लागि ग्रामिण वस्तीमा रहेको फोहोर नियमित रुपमा संकलनका लागि गाडीको व्यवस्थापनमा ध्यान सिदन आग्रह गरिएको छ ।
यस्तै भेरीगंगा नगरपालिकाका धेरै ग्रामिण वस्तीहरुमा खानेपानीको व्यस्थापन हुन नसकेको भन्दै खानेपानीको उचित व्यवस्थापनमा ध्यान दिन आग्रह गरिएको छ । भेरीगंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले खानेपानीको समस्या सामाधान र सरसफाईको क्षेत्रमा नगरपालिकाले दिगो व्यवस्थापनको योजना बनाएको बताए बताए ।
यस्तै नगर उपप्रमुख रेणु आचार्यले आगामी पाँच वर्षमा भेरीगंगा नगरपालिकाका प्रत्येक घर घरमा शुद्ध खानेपानीको धारा पुर्याउन आफु लागि परेको बताइन ।
कार्यक्रममा भेरीगंगा नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष टिकाराम सुवेदी, वडा नम्वर १२ का वडाध्यक्ष हरी प्रशाद कंडेल वडा नम्वर १० का वडाध्यक्ष मान बहादुर बुढा, खानेपानी सरसफाई तथा दिगो विकास लक्ष्य परियोजनाका अनिल मर्हजन, लगायत भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाबाट खानेपानी रसरसफाईको क्षेत्रमा काम गरीरहेका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।



