धुर्व शाहिका स्वकीय सचीव विष्णु महतारा काङ्ग्रेस प्रवेश

दुर्गा विसि

सल्यान । नेपाली कांग्रेस सिम्ता गाउँपालीका कार्यसमितिले गरेको बृहत अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रतिनिधिसभा सुर्खेत क्षेत्र नम्बर १ का माननीय सांसद ध्रुब कुमार शाहीका स्वकीय सचीव अनेरास्ववियु सुर्खेत पुर्व सचीब बिष्णु महतरा, अनेरास्ववियु सुर्खेतका पुर्व उपाध्यक्ष सीता ऐरी सहित एमाले , माओवादी लगायत अन्य पार्टी परित्याग थुप्रै कार्याकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न ।

घर–घर जाऔं,कांग्रेस जिताऔं” हरेकको हातमा भारी हरेकको काधमा जिम्मेवारी भन्ने मुल नारा साथ १ महिने अभियानमा रहेको नेपाली काङ्ग्रेस चुनावी अभियानमा केन्द्रित भएको छ ।नेपाली काङ्ग्रेस सिम्ता गाउँपालीका कार्यसमितिले गरेको बृहत अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला पार्टी सभापति खडक पोखरेलले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने जनाए ।

अवसरहरुलाई समान रुपमा वितरण गर्ने नया पुरानो नभनी भेदभाब नगरिने बताए। कार्यक्रममा जिल्ला उपसभापति बिष्णु खडकाले नेपाली काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अघी बड्न सुझाब दिदै नेपाली काङ्ग्रेस सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर काङ्ग्रेस बलियो बनाउन अाग्रह गरेका थिए ।नेपाली कांग्रेसले स्वकीय सचिव भने पनि महतरा शाहीको निवर्तमान निर्वाचन क्षेत्र पुर्वधार विकास निर्माण कार्यका सहजकर्ता प्रतिनिधि मात्रै भएको एमाले सिम्ताले जनाएको छ ।

धुर्व शाहिका स्वकीय सचीव विष्णु महतारा काङ्ग्रेस प्रवेश

कर्णालीकामा अँझै १७ प्रतिशत नागरिक पिउछन् अशुद्ध

धुर्व शाहिका स्वकीय सचीव विष्णु महतारा काङ्ग्रेस प्रवेश

मृगौला पीडित माेहनकाे उपचारमा सहयोग रकम जुट्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *