मृगौला पीडित माेहनकाे उपचारमा सहयोग रकम जुट्दै

दुर्गा विसि
सल्यान ।
लागि सहयोग रकम जुट्न थालेको छ ।सल्यानको बनगाड कुपिण्डे नगरपालिका ३ बाझकोटका ४५ वर्षीय मोहन विकलाई भारतको अहम्दाबाद ४९ हजार ८ सय ४० रुपैया आर्थिक सहयोग गरिएको छ ।
दुबै मृगौला फेल भएर उपचारमा आर्थिक समस्या भएको विभिन्न समाचार माध्यममा सुने पछि रोजगारीको लागि भारत गएका विभिन्न जिल्लाका नेपालीहरुले सल्यान एकता समाज अमदाहाबाद नेपालको पहलमा रकम पठाएको खुमबहादुर खड्काले बताए ।
दुई वटै मिर्गौला फेल भएका कामीको काठमाण्डौ स्थित वीर अस्पतालमा जीवन मरणको दोसाँधमा उपचार भैरहेको छ । आर्थिक अवस्था कमजोर भएका कामीले आफूसँग भएको सबै रकम सकिएपछि थप उपचारमा समस्या भएको जनाउँदै आएका छन् ।
एक वर्ष देखि नेपालगन्जमा उपचार गराइ रहेका कामीको काठमाण्डौमा चेकजाँच गर्दा दुई वटै मिर्गौला फेल भएको रिपोट आएको उनका छोरा राजेन्द्र विकले बताए । नेपालगन्जमा अन्य रोगको उपचार गरियो नेपालगन्जमै भएभरको पैसा सकियो ।
बिरामी ठिक नभएपछि थप उपचारका लागि काठमाडौँ वीर अस्पतालमा ल्याउँदा दुई वटै मिर्गौला फेल भएको रिपोट आयो छोरा विकले बताए । आर्थिक अभाव हुँदा नियमित डायलासिस गर्न समस्या भइरहेको उनको भनाई छ ।
आफूलाई बाँच्ने इच्छा छ, परिवारसँग बस्ने मन छ , सानै भए पनि सहयोग गरिदिनु होला कामीकाे भावविह्वल ह्दयय विदारक भनाइ रहेको छ । उनले आफूलाई बचाई दिन सबैसं्ग आग्रह गरेका छन् । सहयोग गर्न चाहने सहयोगीदाताहरूले राजेन्द्र विकको लक्ष्मी बैङ्क सल्लीबजारको खाता न ०६९२०००८८५४ मा आर्थिक सहयोग गर्न सकिने छ।


