नौलो टोल विकासको अध्यक्षमा सुवेदी

सुर्खेत, १२ माघ ।
नौलो टोल विकास संस्था वीरेन्द्रनगर–१२ नौलो टोल एयरपोर्टको १२ औं बार्षिक साधारण सभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ । वीरेन्द्रनगर–१२ का वडा अध्यक्ष लोकप्रसाद चालिसेको प्रमुख आतिथ्यता, वडा सदस्य चुडामणी चपाई र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति दीपक बुढाको उपस्थिति एवं संस्थाका अध्यक्ष कर्ण बहादुर सुवेदीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो । सभामा संस्थाका अध्यक्ष सुवेदीले प्रगति प्रतिवेदन र सचिव कर्ण प्रसाद चौलागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभाले कर्ण बहादुर सुवेदीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा राम बुढा, सचिवमा दल बहादुर शाह, कोषाध्यक्षमा बिना कुमारी हमाल, सदस्यहरुमा गीता थापा, बविता खड्का, घनश्याम कँडेल, भवानी प्रसाद कँडेल, उमेश नेपाली चयन भएका छन् । त्यसैगरी सल्लाहकार समितिको संयोजकमा जय बहादुर बुढा, सल्लाहकार सदस्यमा हिरासिंह ठाडामगरलाई चयन गरिएको छ ।

नौलो टोल विकासको अध्यक्षमा सुवेदी

ट्याक्टर भेरी नदिमा खस्यो, चालक सहचालक सम्पर्क

नौलो टोल विकासको अध्यक्षमा सुवेदी

YUGAAWHAN NATIONAL DAILY (2078-10-12)

Leave a comment

Your email address will not be published. Required fields are marked *