सुर्खेतमा पुष २३ देखि फुटबल प्रतियोगिता हुँदै

सुर्खेत,१० पाैष  ।

जिल्लामा आगामी पुष २३ देखि सुर्खेत ए डिभिजन फुटबल कप प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला फुटबल संघ सुर्खेतको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

चौतमा हुने जिल्ला लिगको तयारीका लागि पनि सहयोग हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागेको संघका अध्यक्ष रबिन्द्र जङ चन्दले बताए । १२ टीमको सहभागिता हुने र २०७८ को जिल्ला लिगमा पनि १२ टीम सहभागी भएकाले उनीहरुको नै यसमा सहभागी हुने अध्यक्ष चन्दले बताए । प्रतियोगितामा सहभागी खेलाडीको इन्स्योरेन्स (एक्सिडेन्टल) अनिवार्य गरिएको संघका सचिव सुनिल देवकोटाले बताए।

प्रतियोगिताको बारेमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिंदै अध्यक्ष चन्दले प्रतियोगिताका लागि चिसापानी र सैनिक महाविद्यालय सुर्खेतको मैदानलाई छनौट गरिएको बताइएको छ ।

पुस ३० सम्म हुने खेलका बारेमा जानकारी दिंदै संघका उपाध्यक्ष ललित शाहीले संघले पहिलोपटक आफ्नै आर्थिक श्रोतबाट प्रतियोगिता संचालन गरिन लागेको बताए । प्रतियोगितामा पहिलो हुने टीमले १ लाख, दोश्रोले ५० हजार, म्यान अफ द म्याचका लागि १ हजार, बेष्ट प्लेयर ५ हजार नगद पाउने बताइएको छ ।

प्रतियोगितामा एबीसी स्पोर्ट्स क्लब, फ्रेन्डसीप क्लब, ब्वाइज युनियन, वीरेन्द्रनगर स्पोर्ट्स क्लब, शृजनशील युथ क्लब, शिरमोर युथ क्लब, काँक्रेबिहार क्लब, बाबियाचौर स्पोर्ट्स क्लब, जीवनज्योती युथ क्लब, स्काई युथ क्लब, जिअल क्लब, भैरबी युथ क्लब लगायत टीमको सहभागिता रहने छ । प्रतियोगिताका लागि सुरक्षा ब्यवस्थापनमा उचित ध्यान दिइएको आयोजकले बताएको छ । सहभागी टीमलाइ संघका उपाध्यक्ष दर्शन थापाले फुटबल प्रदान गरे ।

सुर्खेतमा पुष २३ देखि फुटबल प्रतियोगिता हुँदै

प्रदेश प्रमुख परियारद्वारा ‘क्रिसमस डे’ को शुभकामना

Leave a comment

Your email address will not be published. Required fields are marked *