उत्तरकोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी। प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पूर्वतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। उसले आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएका छन्।

जेसीएसले स्थानीय समय अनुसार क्रमशः बिहान ६, ६ः३७ र ६ः४२ बजे प्योङयाङको सुनान क्षेत्रबाट प्रक्षेपण पत्ता लगाएको हो। योसँगै यो वर्ष उत्तरकोरियाले १७ औँ पटक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ।

दक्षिणकोरियाका राष्ट्रपति युन सुक-योलले उत्तरकोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को बैठक गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

उत्तरकोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

रवीन्द्रले मिश्र दिए विवेकशील साझाको अध्यक्ष पदबाट

उत्तरकोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

भारतले चिनि निर्यातमा रोक लगाउने

Leave a comment

Your email address will not be published. Required fields are marked *