राजनीतिमा लागेका शिक्षकहरुले सात दिनभित्र राजीनामा दिन निर्देशन

काठमाडाैं । बर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलमा आवद्ध सामुदायिक विद्यालयका शिक्षकहरूलाई राजीनामा दिन निर्देशन दिएको छ । नवनिर्वाचित नगर प्रमुख दिपेश थारूले सामुदायिक विद्यालयहरूलाई पत्र काटेर राजनीतिक दलको कार्यकारीणी पदमा रहेका शिक्षकहरूलाई राजीनामा गर्न लगाउन निर्देशन दिएका हुन् ।

दलको कार्यकारीणी पदमा रहेका शिक्षकहरूको राजीनामाको विवरण सात दिनभित्र नगरपालिकामा बुझाउन उनले निर्देशन दिएका छन् ।

‘शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लंघन गरी विभिन्न राजनैतिक दलमा संलग्न रही सक्रिय रूपमा राजनैतिक दलको कार्यकारीणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरणविपरीत कार्य गर्ने यस राजापुर नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र यस कार्यालयमा पेश गर्न हुन जानकारी गरिन्छ,’ पत्रमा भनिएको छ, ‘अन्यथा नियमानुसार कारबाही भै जाने व्यहोरा समेत सूचित गरिन्छ ।’

उनी नेकपा माओवादीबाट निर्वाचित मेयर हुन् ।

राजनीतिमा लागेका शिक्षकहरुले सात दिनभित्र राजीनामा दिन निर्देशन

YUGAAWHAN NATIONAL DAILY (2079-02-09)

Leave a comment

Your email address will not be published. Required fields are marked *