उकृष्ट काम गर्ने प्रहरी सम्मानित

वसन्त कुमार शर्मा, जाजरकोट । जाजरकोटमा १९ जना प्रहरी जवान सम्मानित भएका छन् ।
मुस्कानसहितको सेवा प्रवाह गर्दै आएको जाजरकोट प्रहरीले “महिनाको उत्कृष्ट’’ प्रहरी माघ महिनामा उत्कृष्ठ कार्य गरेको भन्दै प्रहरी जवान शेर बहादुर चन्दलगायत १९ जनालाई सम्मान गरेको हो ।
“महिनाको उत्कृष्ट’’ नारा अनुरुप अगाडि बढेको जजारकोट प्रहरीले कार्यसम्झौता २०७८ अनुरुप जिल्लाको मासिक कार्ययोजना अन्तरगत दिईएको जिम्मेवारी कुशलता पूर्वक पुरा गरेका प्रहरी जवानहरु सम्मानित भएका हुन् ।
सम्मानित प्रहरी जवान तथा कार्यालय सहयोगीहरुलाई जाजरकोट प्रहरी प्रमुख नायब उपरीक्षक मधुकुमार थापाले प्रशंसा पत्रसहित सम्मान गर्दै जनताको सेवामा दत्त चित्त भएर लाग्न निर्देशनसमेत दिए ।






