भेरी नदीमा तैरिरहेको अवस्थामा पुरुषको शव भेटियो

सल्यान,९ पाैष ।

भेरी नदीमा एक पुरुषको शव भेटिएको छ । जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका २ कुनिंगा नजिकै भेरी नदीमा शनिबार बिहान तैरिरहेको अवस्थामा पुरुषको शव भेटिएको हो ।

भेरी नदिमा तैरिरहेको अवस्थामा भेटिएको शवको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अन्दाजी २०÷२१ वर्षीय पुरुषलाई जाजरकोटतिरबाट नै बगाएर ल्याएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठले बताए ।

भेरीमा तैरिरहेको पुरुषको शव निकालेर अहिले ईलाका प्रहरी कार्यालय सल्लीबजारमा राखिएको र सनाखतको प्रयास भइरहेको उनले जानकारी दिए । उनका अनुसार कतै कोही हराएको छ कि भनेर जाजरकोट, रुकुम तथा सल्यान सिमानामा प्रहरीसँग समन्वय भइरहेको छ । प्रहरीले मुचुल्का उठाएपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइने उनको भनाइ छ ।

कान्तिपुर 

भेरी नदीमा तैरिरहेको अवस्थामा पुरुषको शव भेटियो

डोजरले पाइप काट्दा आराका स्थानीय खानेपानीका लागि

भेरी नदीमा तैरिरहेको अवस्थामा पुरुषको शव भेटियो

YUGAAWHAN NATIONAL DAILY (2079-09-08)

Leave a comment

Your email address will not be published. Required fields are marked *