प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं,९ पाैष ।

आज दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ। प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक दुई स्थानमा हल्का वर्षा हुनेछ।

हिमाली भू–भागका थोरै स्थानमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी राती देशका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुनेछ। प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना छ।

यस्तै आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सेताेपाटी 

प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना

कांग्रेस कर्णाली संसदीय दलको नेतामा शाही सर्वसम्मत

प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना

नेपाललाई मुद्दा हाल्ने योजना बोकेर गए शोभराज

Leave a comment

Your email address will not be published. Required fields are marked *