सन् २०२३ देखि २०३३ सम्म भ्रमण दशक मनाउने सरकारको घोषणा

काठमाडौँ, ८  साउन  ।

सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरेको छ । आइतबार यहाँस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गर्नुभएको ‘रिकोभरी प्लान’ अनुसार मन्त्रालयले यस्तो कार्ययोजना सार्वजनिक गरेको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने काम गर्ने दाबी गरे  । सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने बताउदै उनले वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने बताए  ।

मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभएर सरकारको कार्ययोजना भएको बताए । भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक रहेको बताउनुभयो, ‘सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा गर्नसक्छौं । यो उद्देश्यले दशकको रुपमा नै पर्यटन वर्ष बनाएर जाने घोषणा गरेका छौं ।

यो पर्यटन मन्त्रालयको मात्रै नभएर सरकारको कार्ययोजना हो । प्रधानमन्त्रीज्यूले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि के के गर्नुपर्ने हो ।  सरकारको तर्फबाट के सहयोग गर्नुपर्छ गर्ने बताएका छन्  ।’ यस्तै, कार्ययोजना प्रस्तुत गर्दै  मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले तीन महिनाभित्र सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशक घोषणा गरिसक्ने गरी तयारी भएको बताए  ।

उनले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरुलाई सम्मानस्वरुप परिचय पत्र दिने कार्ययोजना बनाएको पनि बताए  ।नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरुको व्यवस्था गरिने उनले बताए  ।

सगरमाथा आधार शिविरबारे सोको ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यमा हुने जोखिमका सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधारशिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने बताए  । त्यस्तै, काठमाडौं उपत्यकालगायत अन्य पर्यटकीय स्थलहरुमा पर्यटक बसपार्क निर्माणको कामलाई छ महिनाभित्र अगाडि बढाउने घोषणा गरेको छ ।

मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ समेत चलाउने घोषणा गरेको छ । हिमाल आरोहणको लागि पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण छ महिना भित्र खुला गर्ने तयारी गरेको छ ।

त्यस्तै, प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा समेत मन्त्रालयले गरेको छ । काठमाडौं उपत्यकाभित्र रात्रिकालिन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालिन सम्पदा यात्रा आगामी दुई वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ ।

किलिन नेपाल, ग्रिन नेपालको अवधारणा अन्तर्गत प्रदेश, स्थानीय सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई एवं रङ्गरोगन अभियान एक महिनाभित्र चलाउने घोषणा भएको छ ।

स्राेत ः गाेरखापत्र

सन् २०२३ देखि २०३३ सम्म भ्रमण दशक मनाउने सरकारको घोषणा

एउटै रुखमा झुण्डिएको अवस्थामा तिन किशाेरिकाे शव

सन् २०२३ देखि २०३३ सम्म भ्रमण दशक मनाउने सरकारको घोषणा

रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन

Leave a comment

Your email address will not be published. Required fields are marked *