एउटै रुखमा झुण्डिएको अवस्थामा तिन किशाेरिकाे शव फेला

झापा ८ साउन ।

झापाको कचनकवल गाउँपालिका–५ मा ३ किशोरी एउटै रुख मा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन्। स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन्।

मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेको प्रहरीले जनाएको छ। हिजो दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्राेत ः नागरिक

एउटै रुखमा झुण्डिएको अवस्थामा तिन किशाेरिकाे शव फेला

वीरेन्द्रनगरका सडकमा बेवारिसे चौपाया व्यवस्थापन

एउटै रुखमा झुण्डिएको अवस्थामा तिन किशाेरिकाे शव फेला

सन् २०२३ देखि २०३३ सम्म भ्रमण दशक

Leave a comment

Your email address will not be published. Required fields are marked *