सरकारले अपाङ्गता मैत्री कार्यक्रम ल्याउने

सुर्खेत, १० असार ।
कर्णाली प्रदेश सरकारले अपाङ्गता मैत्री कार्यक्रम ल्याउने सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढाले बताएका छन् । उनले अपाङ्गताप्रति हेर्ने समाजको गलत नजर हटाउन सरकारको नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्ने मन्त्री बुढाले बताए ।

सुर्खेत अपाङ्ग समाजको आयोजना र शिक्षा विकास निर्देशनालय सुर्खेतको आर्थिक सहयोगमा शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताए ।

कर्णाली प्रदेशले सरकारले ल्याएका हक, अधिकार सम्बन्धि र के कस्ता योजना ल्याएको छ भन्ने विषयमा अभिमुखिकरण कार्यक्रमबाट जानकारी गराउन कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव निधराज न्योपानेले आग्रह गरेका छन् । 
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि २ दिवसीय अभिमुखिकरण कार्यक्रममा द्धोभाषेबाट पनि सीकाईने संस्थाका अध्यक्ष मय प्रसाद जैसीले जानकारी दिएका छन् ।
अपाङ्गता भएर पनि आफुहरुले पाउनुपर्नै सेवा सुविधाको बारेमा थाहा नपाउदा अवसरहरुबाट वञ्चित हुनुपरेको उनले बताए । उक्त कार्यक्रममा सुर्खेतको नौ वटै स्थानीय तहबाट अपाङ्गता भएका व्यक्तिहरु सहभागी भएका छन् ।






