निशुल्क शैक्षिक सामग्री बितरण

बसन्त शर्मा
सल्यान,१० असार ।

रागेचौरको शिद्ध कुमाखी सामुदायिक अध्ययन केन्द्रले वडा नं १ देखी ५ नं सम्मका सामुदायिक विद्यालयका टुहुरा तथा बिपन्न विद्यार्थीहरुलाई झोला, कापी, कलम, बर्णमाला लगाएत शैक्षिक सामग्री बितरण गरेको हो । कार्यक्रमा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी, बिशिष्ट अतिथि ३ नं वडा अध्यक्ष केवल बहादुर राना, शिक्षा शाखा प्रमुख दिपक कुमार चन्द लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका सञ्चालक समिति सदस्य तथा जनता मा.वि. रागेचौरका प्रधानाध्यापक गोरख बहादुर बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको  कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भुबनेश्वर शर्माले गरेका थिए । कार्यक्रमको सहजिकरण नारायण मा.वि. का शिक्षक धन बहादुर रावतले गरेका थिए ।

गाउँपालिका अध्यक्ष मान बहादुर रानाले यस्ता टुहुरा, अति विपन्न बालबालिकाको डाटा राख्न र यस कार्यक्रबाट बालबालिकाहरुलाई प्रत्यक्ष लाभ पुग्ने बताउदै आफु निर्बाचित भईसकेपछि आफ्नो मुख्य ध्यान शिक्षा र स्वास्थ्य लाई सुधार्ने तर्फ पहिलो प्राथमिता रहेको बताए । यस कार्यक्रममा आफुहरुलाई बोलाएर निमन्त्रणा गरेकामा केन्द्रका संञ्चालक तथा आयोजक प्रति आभार प्रकट गर्दै आफुहरुबाट आगामी दिनमा यस्ता कार्यक्रमका लागी सकारात्मक सोच हुने बताए ।

बिपन्न, टुहुरा बालबालिका कुमाख गाउँपालिकाका विद्यालयमा अझ धेरै भएको र क्रमशः सबैलाई सहयोग गर्न सके यस यस अध्ययन केन्द्रको प्रभावकारीता बढ्ने र यसका लागी स्थानीय निकायले पनि सहयोग गर्नुपर्ने शिक्षा शाखा प्रमुख दिपक कुमार चन्दले बताए ।


सामुदायिक अध्ययन केन्द्रले शैक्षिक समाग्री बितरण गरेर विद्यार्थीमा उत्साह जोस, जागर र शैक्षिक क्षेत्रमा बालवालिकाले अब्बल उपलब्धीहरु हाशिल गरी आफ्नो भविष्य उज्वल बनाउने तर्फ ध्यान दिन वडा अध्यक्ष केवल बहादुर रानाले वताए ।
काय{क्रममा नवनिर्वाचित जनप्रतिनिधिलाई संस्थाका अध्यक्ष भुबनेश्वर शमा{ र संस्थाकी सदस्य कल्पना शाहले अविरआवरण गरी दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

निशुल्क शैक्षिक सामग्री बितरण

कालिमाटी गाउँपालिका को गाउँ सभा सुरु

निशुल्क शैक्षिक सामग्री बितरण

YUGAAWHAN NATIONAL DAILY (2079-03-07)

Leave a comment

Your email address will not be published. Required fields are marked *