गुर्भाकोट नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

दिलिप ढकाल
सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख हस्त पुनले सपथ ग्रहण गराएका हुन् । यो पालिकाको उपमेयरमा मैना विक पुनः निर्वाचित भएकी छन् । उनी सहित १४ वडाका वडाध्यक्ष, सदस्य गरि ७१ जनाले एकसाथ सपथ लिएका हुन् ।
सोही अवसरमा १४ वटै वडाका निवर्तमान जनप्रतिनिधिहरुलाई टिका र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । उनीहरुले आफ्नो पाँच बर्षे कार्यकालमा भए, गरेका गतिविधिबारे पनि प्रष्ट्याएका थिए ।

नगरप्रमुख हस्त पुनले आफुले पाँच बर्षे कार्यकालमा विकास निर्माणको धेरै कामको जग बसालेको भन्दै त्यीँ कामलाई सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गरे ।
साथै उनले आफु निर्वाचित भएपछि अब कुनै दलको नभयर समग्र गुर्भाकोटबासीको अभिभावको नाताले विकास र समृद्धिको लागि अघि बढ्ने बताए ।






