एमाले स्थायी कमिटी सदस्यकै क्षेत्रमा प्रतिनिधी छनौंट विवादित

सुर्खेत, ९ माघ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलकै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनौंटमा विवाद भएको छ । नेकपा एमालेको प्रदेश अधिवेशनका लागि भएको प्रतिनिधी छनौंटका क्रममा विवाद भएको हो । सुर्खेत प्रदेश सभा क्षेत्र नम्बर २ (क) बाट प्रदेश अधिवेशनका लागि प्रतिनिधी छनौंटमा विवाद उत्पन्न भएको छ ।

पोलिटव्यूरो सदस्यकै योजना र निर्देशन अनुसार एकपक्षिय प्रतिनिधि छनौंट गरेको घोषणा गरेपछि अर्को पक्षले समानान्तर प्रतिनिधी छनौंटको घोषणा गरेको छ । नेकपा एमाले सुर्खेत जिल्ला अधिवेशन विवाद रहित सर्वसम्मत बनाउन नसकेका नेता कँडेलले प्रदेश अधिवेशनका लागि प्रतिनिधी छनौंटमा एकलौटी गर्न थालेपछि विवाद उत्कर्षमा पुगेको छ । यही माघ २८ र २९ गते तोकिएको कर्णाली प्रदेशको अधिवेशनका लागि एमाले स्थायी कमिटी यामलाल कँडेल पक्षिय र केन्द्रीय सदस्य नवराज रावत पक्षिय छुट्टा छुट्टै भेलाबसी प्रतिनिधीहरु छनौंट भएको घोषणा गरिएको छ ।

एमाले नेता ऋषि गिरीको संयोजनमा आइतबार वीरेन्द्रनगर स्थित घण्टाघरमा भएको भेलाबाट २४ जना प्रतिनिधी सर्वसम्मत छनौंट भएको घोषणा गरिएको छ । अन्य पुरुष १२ जनामा ऋषि गिरी, टीकाराम शर्मा, धन बहादुर रावत, कृष्ण चौधरी, नन्दलाल शर्मा, थानेश्वर कँडेल, टोप बहादुर खाँड, कृष्ण प्रसाद तिवारी, प्रेम ओली, निरक बहादुर ओली, नवराज सुवेदी र जित बहादुर रामजाली छनौंट भएका छन् ।

त्यसैगरी अन्य महिला ६ जनामा रेवती आचार्य, हरिमाया कार्की, हरिकला शर्मा, विमला थापा, सुमन वि.क., भूमिसरा चपाई, दलित पुरुष ४ जनामा धन बहादुर चुनारा, शेर बहादुर वि.क., बालकृष्ण चुनारा, हिरालाल बादी, दलित महिला २ जनामा मञ्जु सुनार नेपाली र तृप्ती वि.क. लाई प्रतिनिधीमा सर्वसम्मत चयन भएको घोषणा गरिएको छ ।

प्रदेश कमिटी सदस्य डम्मर नेपालीको संयोजकत्वमा रहेको तीन सदस्यीय निर्वाचन मण्डलले प्रतिनिधी छनौंटको घोषणा गरेको हो । निर्वाचन समिति सदस्यमा तोरण वि.क. र नन्द प्रसाद काफ्ले सदस्य रहेका थिए । यस अघि प्रदेश अधिवेशन प्रतिनिधिमा एमाले उपाध्यक्ष कुलमणि देवकोटा, हरिहरनाथ योगी, गंगाराम तिमिल्सेना, केशरबहादुर तारामी, डम्मर तिवारी, पूर्णप्रसाद पौडेल, खड्ककुमार भट्टराई, ऋषि गिरी, निलकण्ठ खनाल, चर्तुभूज शाही, विष्णुबहादुर शाही, टिकाराम आचार्यलाई छनौट गरेको घोषणा गरिएको थियो ।

त्यस्तै, महिलाबाट टीका अधिकारी, वाग्मती गुरुङ्ग, मधुरानी ढकाल, लक्ष्मी शाही, धर्मा सुवेदी र देवि पौडेल, दलिततर्फ गंगाराम सुनार, प्रेम रामदाम, रत्नबहादुर सुनार र भीमबहादुर गुरताल, दलित महिला कोटाबाट मञ्जु नेपाली र लक्ष्मी विक चयन भएको घोषणा गरिएको थियो ।

एमाले स्थायी कमिटी सदस्यकै क्षेत्रमा प्रतिनिधी छनौंट विवादित

पाँच करोड लागतमा ‘आवास गृह’ बनाउँदै कर्णाली

Leave a comment

Your email address will not be published. Required fields are marked *