वायु प्रदूषणबाट २३ लाखको मृत्यु

एजेन्शी । प्रदूषणका कारण भारतमा सन् २०१९ मा २३ लाख भन्दा बढी मानिसको मृत्यु भएको एउटा अध्ययनले देखाएको छ।

ल्यान्सेटले गरेको अध्ययनमा १६ लाख मानिसहरूको मृत्यु वायु प्रदूषणका कारण मात्र भएको थियो।

त्यस्तै, ५ लाख जनाको मृत्यु जल प्रदूषणका कारण भएको थियो।

ल्यान्सेटको प्रतिवेदनअनुसार सोही वर्ष प्रदूषणका कारण ९० लाख जनाको अकालमा ज्यान गएको थियो।

त्यस हिसाबले हरेक ६ जनामा एक जनाको प्रदूषणका कारण मृत्यु भएको थियो।

प्रदूषणबाट सबैभन्दा प्रभावित देशहरूमध्ये भारत पनि एक रहेको अध्ययनमा जनाइएको थियो।

विश्वव्यापी स्वास्थ्यमा प्रदूषणको प्रभाव युद्ध, आतंकवाद, मलेरिया, एचआईभी, क्षयरोग, लागूपदार्थ र मदिराको भन्दा धेरै ठूलो रहेको अध्ययनमा जनाइएको थियो।

असुरक्षित पिउने पानी, घरभित्रको वायु प्रदूषण र अपर्याप्त सरसफाइसँग सम्बन्धित मृत्युदरमा कमीसँगै अफ्रिकामा भने उल्लेख्य सुधार आएको अध्ययनमा उल्लेख छ।

वायु प्रदूषणबाट  २३ लाखको मृत्यु

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

वायु प्रदूषणबाट  २३ लाखको मृत्यु

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला

Leave a comment

Your email address will not be published. Required fields are marked *