सुर्खेतका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

दिलिप ढकाल
गुर्भाकोट, ९ बैशाख ।
पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र सिम्ता गाउँपालिकामा चुनाव लक्षित निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पूर्वि क्षेत्रका चारसहित सुर्खेतका ९ वटै स्थानीय तहमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ ।
प्रदेश निर्वाचन कार्यालय, सुर्खेतको निर्वाचन कार्यतालिका अनुसार विहिबार पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको गुर्भाकोट नगरपालिकाका मुख्य निर्बाचन अधिकृत तुलसा भण्डारीले जानकारी दिनुभयो ।
भेरीगंगा नगरपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्बाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिनुभयो । त्यस्तै लेकवेशी नगरपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्बाचन अधिकृत दिपेन्द्र नाथ योगीले जानकारी दिनुभयो ।
सिम्ता गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो । स्थानीय चुनाव नजिकिँएसंगै कर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ७९ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
आसन्न स्थानीय तहको तहको चुनावलाई लक्षित गर्दै चुनावी कामकाज अघि बढाउनका निम्ति विधिवत रुपमा विहिबार कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना समारोहमा पालिका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्षहरु राजनीतिक दलका प्रमुखहरु, प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना समारोहमा उपस्थित सबै दलका प्रतिनिधिहरुले निर्बचन आयोगले जारी गरेको आचार संहिता पूर्ण रुपमा पालाना गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका थिए ।
उमेद्वारी दर्ता यहि बैशाख ११ र १२ गते भएकाले भिडभाड नहुने गरी आ–आफ्नो उमेद्वारी दर्ता गर्न पनि निर्वाचन अधिकृतहरुले आग्रह गरेका छन् ।







