बनगाड कुपिण्डेमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

दुर्गा विसि
सल्लीबजार, ९ बैशाख ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा १ मा निर्वाचन कार्यालय उद्घाटन भएको गरिएको छ । आसन्न स्थानीय तहको तहको चुनावलाई लक्षित गर्दै चुनावी कामकाज अघि बढाउनका निम्ति विधिवत रुपमा विहिबार कार्यालय स्थापना गरिएको छ ।

वनगाड कुपिण्डे नगरपालिकाका क्रियाशिल राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायत ५ दलको उपस्थिति रहेको थियोे ।

एमाले नगर कमिटी अध्यक्ष गञ्जमान वुढा, माओवादी केन्द्रका नगर अध्यक्ष किर्तिवहादुर राना, नगर इन्चार्ज धनवहादुर पुन, नेपाली कांग्रेसका पार्टी सभापति पुरुषोतम आचार्य, नेकपा एकीकृत समाजवादीका नगर कमिटी अध्यक्ष रविराज शर्माको उपस्थिति रहेको थियो ।

त्यसैगरी राप्रपाका शिव वली, उप–प्रमुख मञ्जु यरी, वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रबहादुर रावत, ईलाका इन्चार्ज दत्तवहादुर मल्ल, आर्थिक प्रशासन शाखा प्रमुख दिनेश भण्डारी, प्राविधिक शाखा प्रमुख महेश देवकोटा लगायतका महानुभावहरुको उपस्थिति रहेको थियोे ।

शान्त स्वच्छ, मर्यादित र भएर तवरबाट स्थानीय चुनावलाई सम्पन्न गर्ने कुरामा दलिय सहमति तथा समन्वय आवश्यक रहेको निर्वाचन अधिकृत लक्ष्मि शर्माले बताइन ।

मनोनयन दर्तादेखि निर्वाचनका समय तालिमका बमोजिमका विषयमा छलफल गरिएको थियोे । निर्वाचन कार्यालयको तर्फबाट आचारसंहितामा परिपालन गर्ने कुरामा दलिय प्रतिनिधिले प्रतिवद्धता व्यक्त गरेका थिए ।

बनगाड कुपिण्डेमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

YUGAAWHAN NATIONAL DAILY (2079-01-08)

Leave a comment

Your email address will not be published. Required fields are marked *