मेयर हर्क साम्पाङको अभिव्यक्तिविरुद्ध दलित समुदाय आन्दोलित

काठमाडौ,६ पाैष ।

 धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दलित समुदायको प्रतिष्ठामा आँच आउने गरी फेसबुक पेजमा स्ट्याटस लेखेको तथा अभिव्यक्ति दिएको विरोधमा बुधबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

दलित आत्मरक्षा अभियान, चमार कल्याण समाज नेपाल, राष्ट्रिय दलित महिला फाउन्डेसन, संयुक्त ललित संघर्ष पुनर्जागरण पार्टी, राष्ट्रिय नागरिक पार्टी दलित जागरण अभियान लगायत दलित अधिकारसम्बन्धी संघसंस्थाले ‘जातीय विरोध सभा’ आयोजना गरेका हुन् ।

‘राज्यबाट जातिय विभेद् अन्त्य गर’, ‘जातीय विभेद अन्त्य गर’, ‘हर्क साम्पाङ प्रवृत्ति मुर्दावाद, दलित आन्दोलन जिन्दावाद’ लगायत प्लेकार्ड र नारा लेखिएका ब्यानरसहित उनीहरूले विरोध गरेका छन् ।

प्रदर्शनकारीहरूले मेयर साम्पाङको अभिव्यक्तिविरुद्ध भत्सर्ना गरेका छन् । समाजशास्त्री एवं विरोध सभाका अध्यक्ष मित्र परियारले सभालाई सम्बोधन गर्दै राज्यको नेतृत्वमा रहेको व्यक्तिबाटै दलित समुदायलाई होच्याउने प्रवृत्ति स्वीकार्य नभएको बताए ।

‘शासन गर्ने ठाउँमा बसेर अनुशासित हुन नसक्ने उहाँको प्रवृत्तिविरुद्धको विरोध हो,’ जात तथा समुदाय लक्षित गरेर यस्तो अभिव्यक्ति दिने विरुद्ध दलित र गैरदलित समुदायको ऐक्यबद्धता हुनुपर्ने परियारले बताएका थिए।

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले मंसिर अन्तिम साता फेसबुकमार्फत् दलित समुदायलाई होच्याउने अभिव्यक्ति दिएका थिए । उनले दलित आयोगको कुनै उपादेयता नरहेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने भन्दै कटाक्ष गरेका थिए ।

कान्तिपुर 

मेयर हर्क साम्पाङको अभिव्यक्तिविरुद्ध दलित समुदाय आन्दोलित

कहाँ उडे १ अर्ब ३८ करोडका १९

Leave a comment

Your email address will not be published. Required fields are marked *