सात वटाभन्दा बढी कुकुरले टोक्दा अवस्था गम्भीर

हुम्ला, ७ असार ।

जिल्ला समन्वय समितिमा कार्यरत कार्यालय सहयोगीलाई मङ्गलबार बिहान सात वटाभन्दा बढी कुकुरले टोक्दा अवस्था गम्भीर भएको छ । खेतीपाती गोडमेल गर्न जानेक्रममा कुकुरले टोक्दा सिमकोट गाउँपालिका–५ की सप्पा रावत घाइत भएकि हुन् ।

सिमकोट गाउँपालिका–५ को सिम क्षेत्रको रानीबनबाट आएको सातभन्दा बढी कुकुर आएर आफ्नो जग्गामा गोडमेल गर्दै गरेकी रावतलाई टोकेर घाइते बनाएको आफन्त विष्णु रावतले बताएका छन् ।

गोडमेल गर्दै गरेको जग्गामा छाडा कुकुरले टोकेर घाइते भएर लडेकी रावतलाई खेल मैदानमा फुटबल प्रशिक्षण गर्दै गरेका विष्णु रावत लगाएतको टिम गएर अस्पतालसम्म बोकेर उद्धार गरेको थियो । अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले घाइतेको अवस्था गम्भीर रहेको र जिल्ला बाहिर रिफर गरिएको बताइन ।

टाउको,शरिरको पछाडीको भाग, तिघ्रा, हात खुट्टा लगाएतका भागमा कुकुरले टोकेर जताततै घाउ बनाएकोे छ । टाउकोमा गहिरो घाउ बनेको र प्राथमिक उपचार अस्पतालमा गरिएको बोहोराले बताउइन े । नेपालगन्ज उपचारका लागि लैजाने तयारी भइरहेको छ ।

स्रोत :  गोरखापत्र

सात वटाभन्दा बढी कुकुरले टोक्दा अवस्था गम्भीर

कोहलपुर–सुर्खेत १३२ केभी : जग्गा अधिग्रहण गरी

सात वटाभन्दा बढी कुकुरले टोक्दा अवस्था गम्भीर

कर्णाली नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *