दशौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने

पोखरा,३ कात्तिक ।

कर्णालीमा पहिलो पटक बृहत राष्ट्रिय खेलकुद आयोजना हुने भएको छ । दुई वर्षपछि हुने दशौं संस्करणको राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुने भएको हो । बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुदको बोर्ड बैठकले २०८१ सालमा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो। तर कुन महिना गर्ने विषयमा अहिले टुंगो लागेको छैन ।

बैठकमा एघारौं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा आयोजना गर्नका लागि पनि प्रस्ताव आएको एक बोर्ड सदस्यले बताए। मधेश प्रदेशसँगै सुदूरपश्चिम, बागमती प्रदेशले पनि एघारौं आयोजना गर्न दाबी गरेका छन् । बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापन हुँदैछ। समापनमा कर्णाली प्रदेशलाई दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरिनेछ ।

सेतोपाटी

दशौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने

थान्को लगाइएका कर्णालीका पूर्वसभामुख र मन्त्री

दशौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने

तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री

Leave a comment

Your email address will not be published. Required fields are marked *