मनसुन चार प्रदेशमा सक्रिय

काठमाडौं, ६ असार ।

नेपालका चार प्रदेशमा मनसुनी वायुको असर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायु प्रभाव छ । बाँकी क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहार रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बिहान प्रदेश १, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो प्रदेश १, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश प्रदेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ । यस्तै मंगलबार प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ । र, बाँकी प्रदेशका केही स्थानमा वर्षाको आँकलन गरिएको छ ।

बुधबार प्रदेश १ को केही र मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

स्रोत  : सेतोपाटी

मनसुन चार प्रदेशमा सक्रिय

भेरीगंगामा ७ दिने दुना टपरी तालिम सुरु

मनसुन चार प्रदेशमा सक्रिय

YUGAAWHAN NATIONAL DAILY (2079-03-04)

Leave a comment

Your email address will not be published. Required fields are marked *