कुमाखमा माओवादीको राजनैतिक तथा बैचारिक प्रशिक्षण

बसन्त कुमार शर्मा
कुमाख (सल्यान), ६ चैत्र ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी कुमाख गाउँपालिको आयोजनामा कुमाख गाउँपालिका वडा न २ को नेटाबजारमा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश कमिटी सदस्य एवम् कुमाख गाउँपालिका इन्चार्ज दिलमाया बुढामगर गिरीले कार्यक्रमलाई प्रशिक्षण दिँदै नेकपा माओवादी सर्वहारा मुक्तिको लागि युद्ध लडेर एकाधिकार शासन व्यवस्थालाई खारेज गरी राजतन्त्रको अवस्था सरकारको व्यवस्था मात्रै होइन देशमा बिकासका लहर फैलिएर राज्यको पुनर्संचना नै बदलिएको बताउनुभयो ।

महिलालाई निर्वाचित जनप्रतिनिधि हुने समाबेशी कोटाको सबिधानमा व्यवस्था गरेको बताउँदै छोरी जन्मबितिकै छोरी बचत खाता खोल्ने व्यवस्थासंघ उक्त खातामा मासिक रु.५०० का दरले २० बर्ष सम्म प्रदेश तथा स्थानीय पालिकाले राखी दिने कानुन निर्माण गरेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य तिल वीर बुढाथोकी र चन्द्र बहादुर रानाले नेकपा माओवादी पार्टीले गणतन्त्र घोषण गर्दा हाम्रो पार्टीका हजारौं साथीहरुको त्याग र बलिदानबाट बनेको संघीयता भएको बताउँदै यसका बिरोधी तत्वहरुले संघीयता खारेजी गर्न कहिले सांसद विघटन गर्छन् कहिले लडाइँका कार्यक्रम तय गर्छ्न । एजेन्डा हाम्रो हुने नेतृत्व अन्य पार्टीले लिई रहेका छ्न संघीयता हामीले दिन रात नभनेर डिउटी गरेर ल्याएको सजिलै नआएको बताउनुभयो ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी सल्यान जिल्ला समन्वयका सदस्य हर्ष बहादुर बुढाथोकीले हामिले हाम्रो निजि स्वार्थको लागि पार्टीमा योगदान गर्न छाड्नु हुँदैन वर्गसंघर्ष र अन्य पार्टीको तुलनामा हामी केही शसक्त भएर बलियो हुँदै गएको र नारिलाई हक अधिकार् प्रत्याभुती गराउनु पर्ने बताउनु भयो ।

त्यस्तै कुमाखको बिकासमा अन्य पार्टी भन्दा हामी एक कदम अगाडि नै छौ तपाईंहरु दुक्कसङ्ग चुनावमैत्री बाताबरणमा सहयोग गर्नु होस ।याद गर्नु अन्य पार्टी पैसा दिदै भोटर किन्दै गर्छ्न रे हामी त्यस्तो कुनै पनि हालतमा गर्दौनौ जसले चुनावमा धेरै पैसा खर्च त्यो नेता पछि गएर भष्ट्राचार गर्न थाल्छ त्यसैले पैसामा होइन नेताले गर्ने काम हेरेर जिताउनु होस ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको निर्देशन अनुसार कुमाख गाउँपालिकाले आफ्नो सात वडामा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सप्पन्न भएको नेकपा माओवादी पार्टी केन्द्र कुमाख गाउँपालिका अध्यक्ष डिल्ली राज जैसीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र कुमाख गाउँ पालिका उपाध्यक्ष पूर्ण बहादुर शाही, सचिव यज्ञ गिरी, सदस्य लोकेन्द्र बुढाथोकीले पार्टीको भाबी दिशा र जिम्मेवारी बाड्फाड भाबी चुनावी रणनीति सम्बन्धि मतदाताको पहिचान सम्बन्धि जानकारी गराउनुभएको थियोे ।

वाइसीएल कर्णाली प्रदेश कमिटी सदस्य एव कुमाख गाउँपालिका सदस्य प्रेम भाटले आगामी चुनावमा युवाको महत्वपुर्ण भुमिका रहेको छ । यति धेरैको सक्रिय सहभागीता देख्दा आफुलाई खुशी लागेको अलि कति मात्र हामी सबै मिलेर लाग्यौ भने बहुमतले चुनाव जित्ने कुरामा बिश्वास गर्नुभयो ।

प्रदेश कमिटी महिला सदस्य तथा कुमाख गाउँपालिका सदस्य देबि बोहरा बुढाथोकीले महिला दिदी बहिनीले आगामी चुनाव अग्रपंक्तिमा चलाएमान बनाउन महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

कार्यक्रमको संचालन पूर्ण बुढाथोकीले गर्नुभएको थियोे । तिलक खत्रीको स्वागत मतब्य सङ्गै सुरु भएको थियो उक्त कार्यक्रममा सभाअध्यक्ष नेकपा माओवादी केन्द्र कुमाख वडा २ का वडाअध्यक्ष पहलमान रेग्मीले हामी अन्य पार्टीको तुलनामा एक दम बलियो भएर शहिदका सपना पूरा गर्ने बाटो तर्फ लागेको बताउनुभयो ।

कुमाखमा माओवादीको राजनैतिक तथा बैचारिक प्रशिक्षण

लघुकथा : शिलान्यास

कुमाखमा माओवादीको राजनैतिक तथा बैचारिक प्रशिक्षण

YUGAAWHAN NATIONAL DAILY (2078-12-06)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!