काठमाडौंदेखि साइकलमै ढाका पुगे जर्मन राजदूत

काठमाडौँ ,४ पाैष ।

नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज काठमाडौंदेखि पश्चिम बंगालका विभिन्न स्थान हुँदै नौ दिनसम्म साइकल यात्रा गरेर ढाका पुगेका छन् । राजदूत प्रिन्जले डिसेम्बर १२ मा ट्विटर ह्यान्डलमा आफूले काठमाडौंबाट भारत हुँदै ढाकासम्मको यात्रा क्रिसमसअघि नै सम्पन्न गर्ने उल्लेख गर्दै फोटोसहित पोष्ट गरेका थिए ।

त्यसपछि उनले यात्राका दौरान आफ्नो विभिन्न स्थानको अवस्थाको बारेमा ट्विटरमार्फत् नै जानकारी दिए । नेपालस्थित जर्मनी दूतावासका अनुसार राजदूत प्रिन्जले एक्लै एक हजार २५ किलो मिटर साइकल यात्रा गरेका हुन् ।उनलाई सोमबार ढाकास्थित जर्मनीका अर्का राजदूत अचिम ट्रोस्टरले स्वागत गरेका थिए ।

‘यो नौ दिनको यात्रा निकै उत्साहजनक रह्यो, जसलाई म कहिल्यै बिर्सिन सक्दिनँ,’ राजदूत प्रिन्जले लेखेका छन् । प्रिन्जले ढाकास्थित जर्मनीको राजदूतावासमा समेत काम गरिसकेका छन् । उनले बंगलादेशमै विवाहसमेत गरेका हुन् ।

काठमाडौंदेखि साइकलमै ढाका पुगे जर्मन राजदूत

नगरहरूलाई दिगो र वातावरणमैत्री सहर बनाउनुपर्छ : 

काठमाडौंदेखि साइकलमै ढाका पुगे जर्मन राजदूत

अर्जेन्टिना विश्वविजेता

Leave a comment

Your email address will not be published. Required fields are marked *