हिज्जे प्रतियोगितामा पब्लिक एकेडेमी प्रथम

सुर्खेत, ५ असार ।

सुर्खेतको वीरेन्द्रनगरमा नेशनल प्याब्सनको आयोजनामा जिल्ला स्तरिय हिज्जे प्रतियोगगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको उक्त प्रतियोगितामा जुनियरमा १ देखि ५ कक्षा र सिनियरमा ६ देखि १० कक्षाका विद्यालयका विद्यार्थिलाई सहभागी गराएको थियो ।

कार्यक्रम सुर्खेत जिल्लाका सम्पुर्ण निजि विद्यालयहरुलाई प्रतियोगितामा भाग लिन निमन्त्रणा गरियता पनि वीरेन्द्रनगर भ्याली बाट मात्र सहभागी भएका थिए । हिज्जे प्रतियोगगितामा भाग लिनेमा राष्ट्रिय निजि तथा आवासीय विद्यालय संघ नेपाल आबद्ध भएका विद्यालय मात्र थिए।

हिज्जे प्रतियोगगीतामा सिनियर तर्फ प्रथम हुनेमा पब्लिक एकेडेमि दोस्रो हुनेमा विद्या ज्योति , तेस्रोमा सेडा र चौथो हार्वेस्टमुन एकेडेमि भएका थिए । उक्त प्रतियोगगीतामा जुनियरमा  प्रथम हुने  हिउरेस्टीक एकेडेमि ,द्रोस्रोमा डिभि निकेतन, तेस्रोमा सनसाइन एकेडिमि र चौथोमा राइजिङ स्टार भएको थियो ।

उक्त प्रतियोगगितामा बोल्दै सुर्खेत प्याब्सनका अध्यक्ष गायत्री रानाले विद्यार्थिहरुलाई पढाइमा मात्र सिमित नराखि उनीहरुलाई बाह्य कार्यक्रममा उपस्थित गराउन जरुरत भएको बताइन ।  विद्यार्थिहरुले सिकेको कुरा अरुबाट सुनेकाकुरालाइ स्पष्ट तरिकाले प्रस्तुत गर्ने सिपको विकास गर्नका लागी कार्यक्रमको आयोजना गरेको अध्यक्ष रानाले जानकारि दिइन् ।

हिज्जे प्रतियोगितामा पब्लिक एकेडेमी प्रथम

राष्ट्रिय सभा बैठक बस्दै

हिज्जे प्रतियोगितामा पब्लिक एकेडेमी प्रथम

भेरीगंगामा ७ दिने दुना टपरी तालिम सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *