सुब्बाकुनाबाट अवैध सामान बरामद

सुर्खेत, ५ बैशाख ।
फोर्स गाडीबाट अवैध रुपमा वीरेन्द्रनगर ल्याउदै गरेको नेट साडी, भल्बेटको कपडा थान ७२ बरामद गरिएको छ । प्रहरी चौकी सुव्बाकुनाको चेकप्वाईन्टमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ३ लाख १० हजार ८ सय ५५ रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।
बरामद गरिएको सामान आन्तरिक राजश्व कार्यालय, भनसार कार्यालय जमुनाह पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।






