वडा अध्यक्ष आचार्यले फिर्ता गरे सरकारी साधन

दुर्गा विसि
सिम्ता, ५ बैशाख ।
सल्यान पश्चिममा रहेको वनगाड कुपिण्डे नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष पुरुषोतम आचार्यले आफुले प्रयोग गर्दै आएको मोटरसाइकल नगरपालिकालाई बुझाएका छन् ।

२०७४ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष आचार्यले सोमबार कार्यालयमा पुगि उक्त मोटरसाइकल नगरपालिकालाई नै फिर्ता गरेको बताए ।

यस नगरपालिकाका रहेका १२ वडा मध्ये एउटा वडा त्यो पनि ६ नं. वडा मात्रै नेपाली कांग्रेसले जितेको थियोे । हाल आचार्य नेपाली कांग्रेसको नगर सभापति पनि हुन ।

सरकार सम्पत्ति जनप्रतिनिधि हुँदा यस नगरमा फिर्ता गर्ने उनी पहिलो जनप्रतिनिधि समेत भएको नगरपालिकाको कार्यालयले जनाएको छ । हालसम्म पनि अन्य जनप्रतिनिधिले सवारी साधन प्रयोग गरिराखेका छन् । उनले भने राज्यको नियमलाई परिपालन गरेका छन् ।

आचार्यको यो काम प्रति सबैले स्वागतयोग्य काम भनेका छन् । उनले प्रयोग गर्ने भे १० प १०१६ नम्बरको मोटरसाइकल नगरपालिकामै लिएर फिर्ता गर्ने उनी पहिलो जनप्रतिनिधि हुन ।

वडा अध्यक्ष आचार्यले फिर्ता गरे सरकारी साधन

नेकपा एकीकृत समाजवादीको भेरीगंगा–२ मा कार्यकर्ता भेला

वडा अध्यक्ष आचार्यले फिर्ता गरे सरकारी साधन

बजेट कार्यान्वयमा सुस्त प्रदेश सरकार : ९

Leave a comment

Your email address will not be published. Required fields are marked *