नेकपा एकीकृत समाजवादीको भेरीगंगा–२ मा कार्यकर्ता भेला

सुर्खेत, ३ बैशाख ।
नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) भेरीगंगा वडा नं. २ वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन केन्द्रीत प्रशिक्षण सम्पन्न भएको छ ।
भेलामा नेकपा एकीकृत समाजवादी सुर्खेतका जिल्ला कमिटी सचिव शिव प्रसाद उपाध्यायले केपि ओलीको असंवैधानिक कदमका विरुद्धमा संविधान र व्यवस्था बचाउन पाँच दलिय गठबन्धन निर्माण भएको बताए ।
उनले भने ‘स्थानीय तह, प्रदेश र संसदीय निर्वाचनबाट केपि ओली र ओली प्रबृतिलाई पराजित गर्न अहिलेको आवश्यकता हो ।’ भेलामा नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य गोकर्ण गुरुङले एमाले पार्टी निर्माणमा सबैको योगदान भएको तर अहिले त्यो पार्टी बामाले भएको र विचार, सिद्धान्त छोडेर व्यक्ति पुजा गर्ने संस्कारमा पुगेको बताए ।
भेलाले एकीकृत समाजवादी भेरीगंगा वडा नं. २ वडा सक्रिय दल मन्दिर बुढाको अध्यक्षतामा ११ सदस्यीय कमिटी सक्रिय दल गठन गरिएको छ । एकीकृत समाजवादी भेरीगंगा–२ वडा कमिटी सक्रिय दलको उपाध्यक्षमा मन्दिर रावत, महिला उपाध्यक्षमा मनिसा सार्की, सचिवमा कर्ण बहादुर राना, सदस्यहरुमा नन्दकला वादी, मान बहादुर थापा, देव बहादुर रावत, मान बहादुर थापा, परे विटालु चयन भएका छन् ।
त्यसैगरी चन्द्र बहादुर रावतको अध्यक्षतामा युवा संघ नेपाल वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा अम्मर बुढाक्षेत्री, सचिवमा सिमान्त रानामगर, उपसचिवमा कृष्ण विटालु, सदस्यमा हरि घर्ती, बसन्त रानामगर, भुपेन्द्र खड्का, विशाल रानामगर, इश्वर थापा चयन भएका छन् ।
कार्यकर्ता भेलामा नेकपा एकीकृत समाजवादी भेरीगंगा नगर कमिटीका सचिव पिटर चुनारा, नगर कमिटी उपसचिव लिल बहादुर वि.क. लगायतको सहभागिता रहेको थियो । सोही अवसरमा नेकपा एकीकृत समाजवादी भेरीगंगा–२ वडा सक्रिय दलको पार्टी कार्यालय समेत स्थापना गरिएको थियो ।







