लघुकथा : अविश्वास

पुन्य कार्की

सुर्खेत,२ पाैष ।

एक पब्लिक क्याम्पसको क्यान्टिनमा चिया गफ चलिरहेको छ । एकएक पिरियड पढाएर लिजरमा टाइमपास गरिरहेका अध्यापकहरु आ–आफ्ना मनका औडाह बिसाइरहेका छन् ।

क्याम्पसमा दिनानुदिन विद्यार्थी घट्दै गएकोले आफ्नो पेसागत जीवन धरापमा पर्न लागेको कुराप्रति उनीहरुलाई चिन्ता छ । क’ देखि ‘ङ’ सम्मका अध्यापकहरुले समवेत स्वरमा आफ्ना मनका सुसेलीहरु सुनाए ।

क – ‘हेर्दा हेर्दै तीनचार वर्षको अन्तरालमा पच्चीस सयबाट घटेर सोह्र सयमा झरिसके विद्यार्थी, यही रफ्तारमा विद्यार्थी संख्या ओरालो झर्ने हो भने अब पाँच वर्षमा आफ्नो जागिर पनि सकिने रहेछ ।’

ख– ‘शतप्रतिशत सही कुरा गर्नुभयो । जीवनका उर्वर आयुहरु यसै क्याम्पसमा चढाइयो । साला अभिभावकहरु आफ्नो गाउँठाउँको क्याम्पस आफ्ना नानीहरु पढाउनु सट्टा खाली काठमाडौँ विराटनगर ताक्छन् ।’

ग– ‘ग्वाँचहरुको बुद्धि भए पो । यहीँ घरको भात खाएर पढ्न मिल्ने विषय र फ्याकल्टी पढ्न पनि बाहिरै जाने लहर चल्यो । आफ्नो गाउँठाउँको क्याम्पसप्रति विश्वास भए पो त

घ– ‘हामीले मात्र यस ठाउँको लागि मरिमेट्नु बेकार छ । यहाँका मान्छेलाई क्याम्पसमा विद्यार्थी घटेर संस्था धरासायी बनेको कुरामा कुनै चासो छैन ।’ ङ– ‘ल साथी हो, अब गनगन गरेर मात्र केही हुनेवाला छैन । अब आफ्नो भविष्य सुरक्षित गर्न विकल्प सोच्नुभन्दा अर्को उपाय छैन ।’

क्यान्टिन चलाउने चिया पसले चतुरनाथ माझी चुपचाप शिक्षकका कुरा सुनिरहेको छ । उसलाई थाहा छ, ती पाँचैजना लेक्चरका कुनै पनि बच्चा त्यहाँ पढ्दैनन् ।

‘ङ’ बोल्ने बित्तिकै सोझो चतुरनाथ कड्क्यो–‘तपाईँहरु आफ्नो क्याम्पसमा अभिभावकले बच्चा पढाएनन् भनेर के गुनासो गर्नुहुन्छ ? यहाँ पढाउने तपाईँहरु कुनै शिक्षकले आफ्नो बच्चा यहाँ पढाउन ल्याउनु भएको र ? आफ्नै क्याम्पसको पढाइप्रति तपाईँहरुलाई विश्वास छैन । अनि अरुले विश्वास गर्छन् । तपाईँहरुको हिम्मत छ, आफ्ना नानी यहाँ पढाउने

लघुकथा : अविश्वास

कथा : तुलसी

लघुकथा : अविश्वास

गजल : निर्दाेष ति आँखा

Leave a comment

Your email address will not be published. Required fields are marked *