जस्मिन पेन्ट्सको ग्राहक लक्षित उपहार योजना सार्वजनिक

सुर्खेत, १ भदौं ।
नेपाली ख्याती प्राप्त रंग जस्मिन पेन्ट्सले आफ्ना ग्राहकहरुलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षमा पनि ग्राहक वर्गहरुको माग र चाहनालाई मध्यनजर गर्दै चाडपर्व सँग–सँगै बर्षै भरी खुसीयाली साट्ने उद्देश्यका साथ उपहार योजना सार्वजनिक गरेको हो ।
यहि भाद्र १ गते देखि बि.स. २०८० साल श्रावण मसान्त (१बर्ष) सम्म “बर्ष भरी हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति” भन्ने नाराका साथ ग्राहक लक्षित बम्पर उपहार योजना सञ्चालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।
यस ग्राहक लक्षित उपहार योजनामार्फत जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्ने ग्राहक वर्गहरु मध्ये लक्की ‘ड्र’ मार्फत प्रत्येक महिना ११२ जनाले बिभिन्न उपहारहरु प्राप्त गर्ने छन् । जस अन्तर्गत प्रत्येक महिना १ जनाले नगद एक लाख, एक जनाले स्मार्ट मोबाईल फोन, १० जनाले इलेक्ट्रिक राईस कुकर र १०० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्नेछन् । उपहार योजनामा सहभागी हुनका लागि ग्राहक बर्गहरुले अनिवार्य रुपमा जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्नुपर्ने छ ।

७५ हजारदेखि एक लाखसम्मको खरिदमा १ वटा कुपन, एक लाखदेखि एक लाख पचास हजारसम्मको खरिदमा २ वटा कुपन र एक लाख पचास हजारदेखि माथिको खरिदमा ३ वटा कुपन ग्राहक बर्गहरुलाई प्रदान गरिने छ । सोहि कुपनको अर्धकट्टीलाई लक्की ‘ड्र’ मा समावेश गरिने छ । यसरी लक्की ड्र मा समावेश गरिएका कुपनहरु बाटै प्रत्येक महिना ११२ जना भाग्यशाली बिजेता बन्ने छन् ।
बिगत २८ बर्ष देखि निरन्तर नेपाली ग्राहकहरुको सेवामा समर्पित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट पुरस्कृत भै सकेको यस कम्पनीले अझ जिम्मेवार मसहुस गरी २१ औं शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने नविनतम् सोच र प्रविधिका साथ उत्कृष्ठ र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा पुर्याईरहेको कम्पनीद्धारा जारी प्रेस नोटमा जनाइएको छ ।
“उपहार योजनामामार्फत हामि र हाम्रा उपभोक्ताहरुबीच थप आत्मियता बढ्ने बिस्वास लिएका छौँ । आशा छ यस उपहार योजनामा सम्पूर्ण उपभोक्ता बर्गहरुको उत्साहजनक सहभागिता रहनेछ” जस्मिन पेन्ट्स प्रा.लि. र मनकामना ग्रुप अफ कम्पनी चितवनद्धारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।





