गाउँमा लाग्ने मेला हेर्न जाँदा प्रेम प्रस्ताव

प्रेम दुई आत्माको मिलन हो । दुई मन एक भएसम्म प्रेम दिगो हुन्छ । मन र भावनाहरु मिलेपछि मानिसहरु जीवनभर सँगै बाँच्ने प्रण गर्दछन् । आफूले मन पराएको मान्छेलाई पाउनका लागि अशल प्रेमी र प्रेमिकाले सच्चा माया गर्दछन् । जब दुई मनको मिलन हुन्छ, तब सच्चा प्रेम गर्नेहरु एकदिन पनि अलग बस्न सक्दैनन् । अनि परिवार र समाजको तगारो तोडेर विहे गर्न तयार हुन्छन् । यस्तै भयो सुर्खेत चिङ्गाडका रेशम चन्द र भिमा रानाको जीवनमा पनि । पहिलो पटक देखेपछि रेशमले मन पराए । अनि उनीहरु साथी बने । आपसमा प्रेम गर्न थाले । अनि जीवनभर एकअर्काको बन्न तयार भएर विहे गरे । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :-

साथीको घरमा जाँदा देखादेख
रेशम र भिमाका दाई मिल्ने साथी थिए । उनीहरुको बिचमा सानो कुरा पनि साटासाट हुने गथ्र्यो । एकदिन रेशम सवओभरसियरको जागिर खाने क्रममा सुर्खेतको अवलिचङस्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि गए । आफ्नो काममा गएका उनी आफ् नो साथी रमेश रानाको घरमा गए । साथीको घरमा जाँदा भिमालाई पहिलो पटक देखे । यद्यपी त्यसबेला उनीहरुको देखादेख मात्र भयो । उनीहरुको बिचमा कुराकानी भने भएन । रेशमको बसाइ अवलचिङमा नै भयो ।

अनि उनले त्यहाँ रहेको विद्यालयमा कक्षा १० मा गणित विषय पढाउने मौका पाए । उनले विद्यालय जाँदा भिमालाई भेट्ने मौका पाए । भिमा विद्यालयवाट फर्किदै थिइन् । रेशमले पछ्याउँदै बोलाए । त्यहीबेला उनीहरुको पहिलो दिन करिब आधा घण्टा जति सामान्य कुराकानी भयो । रेशमले शुरुमा त बोलाउँदा भिमा धेरै लजाएकी थिइन् । उनले बोल्ने इच्छा राखे पनि धेरै बोलिनन् । रेशमलाई शुरुमा नै भिमा मन परेको थियो ।

साथीमार्फत प्रेम प्रस्ताव
दशैंको समय थियो । गाउँमा मेला लाग्यो । त्यही बेला दुबै जनाको भेट भयो । रेशमले भिमालाई धेरै मन पराएका थिए । उनले आफ्नो मनको कुरा भन्न चाहान्थे । तर भन्ने मौका नै पाएका थिएनन् । अनि दशैंको बेला लागेको टोट्नाउला मेलामा रेशमले आफ्नो एकजना साथीमार्फत प्रेम प्रस्ताव पठाए । तर रेशमलाई आफ् नो प्रेम प्रस्ताव स्वीकार हुने वा नहुने के हुन्छ भन्ने चिन्ता थियो ।

भिमा भने यो विषयमा मौन बसिन् । कुनै जवाफ दिइनन् । तर रेशमले प्रेम प्रस्ताव पठाएपछि गाउँभरी नै चर्चा भयो । त्यसपछि भिमाको दिदीले यो जोडीको प्रेम जुराउन भूमिका खेलिन् । त्यसपछि रेशमले पहिलो प्रेमपत्र कोरे । त्यो प्रेमपत्र भिमालाई पठाए । त्यसको जवाफ भिमाले पठाउँदै आफुले पनि मन पराएको चिठ्ठीमा लेखेकी थिइन् । अनि उनीहरुको प्रेम अगाडी बढ्यो ।

एकदिन भेट नहुँदा न्यास्रो
भिमा अवलचिङमै पढ्थिन् । रेशम पनि कक्षामा पढाउने नाममा पटकपटक विद्यालयको परिसरमा गइरहन्थे । विदाको दिनमा पनि उनी काममा गइरहन्थे । भिमा पनि शनिवारको दिन रेशमलाई भेट्नकै लागि मटेला विभिन्न काम लिएर जाने गर्थिन् । विस्तारै दुबै जनालाई एकदिन पनि भेट नहुँदा न्यास्रो लाग्न थाल्यो । रेशमलाई त मटेलाबाट अवलिचङ आउने र जाने बाटो पनि धेरै छोटो लाग्थ्यो । उनीहरु भन्छन, जब माया बस्छ, त्यसपछि जस्तोसुकै परि स्थिति पनि सजिलो र अनुकुल लाग्दो रहेछ ।

भागेर विहे
जब उनीहरु प्रेममा डुबे । धेरै समयसम्म अलग भएर बस्न नसक्ने अवस्थामा पुगे । दुबै जनाले घरमासमेत बिवाहको कुरा गरे । दुइै परिवारको बिचमा पनि कुराकानी भयो । जुन दिन परिवारमा कुराकानी चल्यो, त्यहीदिन नै दुबै जनाले भागी बिवाह गरे । उनीहरुले २०६१ साल मंसीर १४ गते विवाह गरे ।

बिवाह गर्दा रेशम २२ बर्षका थिए भने भिमा १८ बर्षकी थिइन् । बिवाह गरेर अर्काको घरमा जाँदा सुरुमा भिमालाई केही नरमाइलो लागेको थियो । बिरानो ठाउँ, छोरीबाट बुहारी भएर जाँदा घरमा बुहारी, भाउजु भनी वोलाउँदा पनि मन चसक्क हुने । उनले सोच्थिन् म पनि बुहारी भएछु । रेशम र घर परिवारको मायाले उनी घुलमिल हुन सकिन् । उनीहरु जिम्मेवारी बोध गरिरहेका थिए । बिवाहपछि हनिमुन मनाउन जाने भन्ने उनीहरुको सोच थियो । तर गाउँमा त्यस्तो चलन नभएकाले उनीहरु हनिमुन मनाउन गएनन् ।

संघर्षबाट हार खाएनन्
बिहेपछि उनीहरु पढाइका लागि वीरेन्द्रनगर आए । विहे गरेको चार महिनापछि रेशमको सवओभरसियरको जागिर सकियो । त्यसपछि उनले पढ्न थाले । भिमा पनि एसएलसी पास गरेर पढ्न थालिन् । दुवै जनाको पढाइ खर्च रेशम आफैले जुटाउनु पथ्र्यो । उनीहरुको घरवाट खर्च पठाउने सम्भावना थिएन । रेशमले सवओभरसियरका विद्यार्थीलाई पढाउँथे । कहिलेकाँही ट्युशन पढाउँथे । जेनतेन वीरेन्द्रनगरको वसाइ गुज्रीरहेको थियो ।

त्यसपछि रेशम जागिरको शिलशिलामा दुई वर्ष दैलेख र दुई वर्ष कैलालीको गैरसरकारी संस्थामा काम गर्न पुगे । उनले स्नातकोत्तर पास गरे । भिमाले पनि स्नातक पास परिन् । दुवै जनाले लोकसेवाको पनि राम्रै तयारी गरेका थिए । तर सफल हुन सकेनन् । रेशम शाखा अधिकृतको परीक्षामा पहिलो चरणमा सात पटकसम्म सफल भएका थिए । बाणिज्य वैंकमा भने अन्तर्वातामा असफल भए । तर उनले सरकारी जागिर खान सकेनन । तर हार भने कहिले खाएनन् । कैलाली र दैलेखको वसाईपछि रेशम सुर्खेत आएर घर बनाउन सके । भिमाले पनि फेन्सी पसल गर्न शुरु गरिन् । अहिले उनीहरु सुर्खेतमा जमेर बसेका छन् । रेशम सात वर्षदेखि स्याक नेपालमा कार्यरत छन् ।

संघर्षपूर्ण बाल्यकाल
बुवा हैतु चन्द र आमा तुलसी चन्दको कोखबाट विसं २०३९ साल फागुन १९ गते सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ३ मटेलामा रेशम जन्म भयो । उनको बाल्यकाल गाउँमै वित्यो । उनले मालिका मावि मटेलाबाट एसएलसी पास गरे । त्यसपछि भने उनले २०७२ सालमा स्नातकोत्तर तह पास गरे । सानैदेखि सबैसँग मिलनसार र सालिन स्वभावका उनी आफ्नो पढाइ र काममा मेहेनत गर्थे ।

उनी कक्षामा कहिल्यै दोस्रो भएनन् । यस्तै बुवा दुर्गबहादुर राना र आमा खगिसरा रानाको कोखबाट विसं २०४४ साल साउन ४ गते सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ५ अवलचिङमा भिमाको जन्म भयो । उनको बाल्यकाल पनि गाउँमै वित्यो । सानो कक्षादेखि नै भैरव मावि आवलचिङमा पढेकी उनले २०७० सालमा स्नातक पास गरिन् । उनको बाल्यकाल पनि मध्यम खालको थियो । उनि पनि घरको काम गर्दै पढ्दै गरेकी हुन् ।

फुर्सदमा घुमघाम
यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र समझदारीमा गर्छन् । काम गर्नुभन्दा पहिले उनीहरुको बिचमा छलफल हुन्छ । सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् । उनीहरु भन्छन्, ‘घरमा खाना पकाउने, भाँडा माझ्ने, कपडा धुने, घर सफा गर्ने र छोराछोरीको सरसफाइको काम मिलेर गर्छौं ।’

गाउँमा लाग्ने मेला हेर्न जाँदा प्रेम प्रस्ताव

कर्णालीमा एकसाथ निर्माण हुँदै साढे तीन सय

गाउँमा लाग्ने मेला हेर्न जाँदा प्रेम प्रस्ताव

छिन्चुमा ५० शैयाको सरुवा रोग अस्पताल निर्माणको

Leave a comment

Your email address will not be published. Required fields are marked *