भारोत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण

काठमाडौं, ३० असोज ।

नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य सङ्घमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाइन ।

उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल एक सय १५ केजी भार उठाउँदै स्वर्ण जितिन । यस्तै एपिएफकी लीला राईले रजत र मधेश प्रदेशकी अम्बिकाकुमारी यादवले कांस्य जितेकी छन् ।

एपीएफकी लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी र अम्बिकाले न्याचतर्फ ३५ र क्लीन एण्ड जर्कमा ४० गरी कुल ७५ केजी भार बहन गरको । सोही तौल समूहमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी १०÷१० इभेन्टमा खेल हुनेछ ।

जसमा महिला ७६ र पुरुष ९६ गरी कुल एक सय ७२ जना खेलाडीले भाग लिएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

गोरखापत्र

भारोत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण

हाइजम्पमा आर्मीकी खगीतालाई स्वर्ण

भारोत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण

ढुङ्गा लागेर एकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *