पौडी खेल्नेक्रममा बेपत्ता भएका बुढाको शव पाँच दिनपछि भेटियो

सुर्खेत, २ चैत ।
लेकवेशी नगरपालिका–५ नेटाका ८ बर्षिया दिनेश बुढामगरको शव भेटिएको छ । बेपत्ता भएको पाँच दिनपछि शव बुधबार दिउँसो भेरीगंगा र वीरेन्द्रनगर नगपालिकाबीचमा पर्ने भेरी पुल नजिकै भेटिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका गणपती (एसपी) बिमल डाँगीले जानकारी दिए । उनी साथीहरुसँग गएको फागुन २८ गते (शनिबारको दिन) भेरीगंगा नगरपालिका–११ रामघाट नजिकै भेरी नदीमा पौडी खेल्न गएका थिए ।
उनीसँगै भेरीगंगा नगरपालिका–११ रामघाटका १० वर्षीया गंगा खड्का र ८ वर्षीया कृष्णा सिजाली पनि नदीमा बेपत्ता भएका थिए । खड्का र सिंजाली अझै बेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी रहेको एसपी डाँगीले जानकारी दिए ।

बुधबार दिउँसो भेरी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । शव भेटिएको जानकारीपछि प्रहरीले बुढामगरका आफन्तलाई खबर गरेको थियो । आफन्तले शव दिनेशकै भएको भनेर पहिचान गरेका थिए । शवको पोष्टर्मटमका लागि मेहलकुना अस्पतालमा लिइएको छ । नेटा स्थायी घर भएका उनी रामघाटस्थित मामाघर बसेर शिखरमावि कक्षा ५ मा अध्ययन गर्थे ।






