सुर्खेतका ८९ घरपरिवारले जग्गाधनी प्रमाण-पत्र पाउँदै (नामावलीसहित)

वीरेन्द्रनगर, २ चैत्र ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले भेरीगंगा र गुर्भाकोट नगरपालिकाका ८९ घरपरिवारलाई स्थायी जग्गाधनी पुर्जा वितरणको अन्तिम तयारी गरेको छ । राष्ट्रिय भूमि आयोग ताहाचल, काठमाडौंबाट मिति २०७८/११/२९ को निर्णय र च.नं. ३९२ मिति २०७८/११/२९ को जग्गादर्ता गरी पुर्जा समेत वितरण गर्ने प्रयोजनको पत्र प्राप्त भएको थियो ।

सोही पत्र अनुसार भूमि आयोग जिल्ला समिति सुर्खेतले मिति २०७८/११/२९ गते प्रथम पटक थप प्रमाण पेश गर्ने सम्बन्धी ७ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

साविक कोटमाझखर्क हाल भेरीगंगा नगरपालिका ७६ घरपरिवार र साविक मेहलकुना गाविस हाल गुर्भाकोट नगरपालिकामा पर्ने १३ घरधुरीलाई स्थायी जग्गाधनी प्रमाण पुर्जा वितरणको अन्तिम तयारी गरिएको हो ।

साविक कोटमाझर्ख हाल भेरीगंगा नगरपालिकामा पर्ने काजगातहरु पुरा भएका र आफै ३८ घरपरिवार र मृत्युपछि हक हस्तान्तरण भएका ३८ घरपरिवारको नामावलीसहित सवुत प्रमाण पेश गर्न सार्वजनिक सूचना प्रकाशित गरिएको भूमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले जानकारी दिनुभयो ।

त्यसैगरी साविक मेहलकुना गाविसमा पर्ने हालको गुर्भाकोट नगरपालिकाका १३ घरपरिवारको समेत नामावली प्रकाशन गरी ७ दिनभित्र सबुत प्रमाणसहित पेश गर्न सार्वजनिक सूचना प्रकाशित गरिएको नापी कार्यालय सुर्खेतका प्रमुख नापि अधिकृत, भूमि आयोग सुर्खेतका सदस्य सचिव तथा प्रवक्ता राजेन्द्र थापाले जानकारी दिनुभयो ।

सात दिने सार्वजनिक सूचनाको म्यादभित्र सवुत प्रमाणसहित पेश हुन आएपछि औपचारिक कार्यक्रम गरी आयोगबाट पहिलाे चरणमा ८९ घरपरिवारलाइ स्थायी जग्गाधनी प्रमाणपत्र पुर्जा वितरणको कार्य औपचारिक रुपमा थालनि हुने अध्यक्ष पौड्यालले जानकारी दिनुभयो ।

सुर्खेतका ८९ घरपरिवारले जग्गाधनी प्रमाण-पत्र पाउँदै (नामावलीसहित)

YUGAAWHAN NATIONAL DAILY (2078-12-01)

सुर्खेतका ८९ घरपरिवारले जग्गाधनी प्रमाण-पत्र पाउँदै (नामावलीसहित)

YUGAAWHAN NATIONAL DAILY (2078-12-02)

Leave a comment

Your email address will not be published. Required fields are marked *