अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको मृत्यु

काठमाडौ.,२९ कात्तिक ।
अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको मृत्यु भएको छ । युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो । मृत्यु हुनेहरुमा विद्यार्थी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन् ।

घटनामा अरु दुई जना घाइते भएका बीबीसीले जनाएको छ । गोली चलाएको आरोपमा एक जना पक्राउ परेका र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । भर्जिनिया विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ । साथै अमेरिकाका सार्वजनिक विश्वविद्यालयमध्ये तेस्रो स्थानमा छ ।

उज्यालो

अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको मृत्यु

निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकप्टर

अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको मृत्यु

बागी उम्मेदवार अर्थात् स्वतन्त्र उम्मेदवारले चुनौतीका साथै

Leave a comment

Your email address will not be published. Required fields are marked *