उच्च अदालत सुर्खेतमा सबैभन्दा बढी जबर्जस्ती करणी सम्बन्धी मुद्धा

सुर्खेत,३१ असार ।

आर्थिक वर्षको असार मसान्तसम्म उच्च अदालत सुर्खेतमा सबैभन्दा बढी जबर्जस्ती करणी सम्बन्धी मुद्दा परेका छन् । फौजदारी मुद्दामा सबैभन्दा बढी जबर्जस्ती करणीमा १७२, ज्यान सम्बन्धी १०८ र लागुऔषधसम्बन्धी मुद्दा ९१ थान परेको जनाएको छ ।

यस्तै, देवानी मुद्दामा सबैभन्दा बढी अंश मुद्दामा १९, सम्बन्धविच्छेद १७ र लेनदेन मुद्दा १३ थान परेका छन् । उच्च अदालत सुर्खेतद्वारा चालु आर्थिक वर्ष २०७८÷०७९ को असार २९ गतेसम्ममा नै वार्षिक कार्य योजनाको लक्ष्यभन्दा १ सय ७१ प्रतिशत बढी मुद्दा फर्छ्योट भएको उच्च अदालत सुर्खेतका न्यायाधीश माधव प्रसाद पोख्रेलले जानकारी दिए ।

चालू आर्थिक वर्षमा २०७९ असार मसान्त सम्ममा ५६१ थान मुद्दा फर्छ्योट गर्ने लक्ष्य रहेकोमा असार २९ गतेसम्ममा नै ७६९ थान मुद्दा फर्छ्योट भएको पोख्रेलले बताए । चालु आर्थिक वर्षमा गत वर्ष फर्छ्योट हुन बाँकी रहेका २ ६५ थान र चालू आवमा दर्ता भएको ७५६ थान गरी एक हजार २१ थान मुद्दा संख्या रहेकोमा ७ ६९ थान अर्थात् जम्मा मुद्दा संख्याको ७५.३२प्रतिशत मुद्दा फर्छ्योट भएको छ।

यो अदालतमा हाल २ वर्ष नाघेका कुनै मुद्दा फर्छ्योट हुन् बाँकी छैनन् ।  गत वर्ष फर्छ्योट हुन नसकी बाँकी रहेका मुद्दा २ सय ६५ थान मुद्दा मध्ये अब ८ थान मात्र मुद्दा फर्छ्योट हुन बाँकीछ । फर्छ्योट हुन बाँकी रहेका २५२ थान मुद्दा मध्ये अधिकांश मुद्दा ६ महिना भित्र दर्ता भएको नै छन् । गत आर्थिक वर्ष २०७७्०७८ मा जम्मा ७३३ थान मुद्दा संख्या रहेकोमा ४६८ थान अर्थात् ६३.७५ प्रतिशत मुद्दा फर्छ्योट भएको थियो भने यस वर्ष गत वर्ष फर्छ्योट हुन नसकी बाँकी रहेको मुद्दा संख्या २६५ र यस आर्थिक वर्षमा दर्ता भएका ७५६ गरी जम्मा एक हजार २१ मुद्दा रहेकोमा ७५.३२ प्रतिशत मुद्दा फर्छ्योट भएको छ।

अर्थात् गत वर्ष भन्दा यो वर्ष १२ प्रतिशत बढी मुद्दा फर्छ्योट भएको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष पुनरावेदन दर्ता संख्या तुलनात्मक रुपमा निकै वृद्धि भए पनि दर्ताको अनुपातमा फर्छ्योट दर निकै बढी रहेकोले पुराना मुद्दा बाँकी नरहेका हुन् ।

स्रोत :  थाहाखबर

उच्च अदालत सुर्खेतमा सबैभन्दा बढी जबर्जस्ती करणी सम्बन्धी मुद्धा

निःशुल्कै उपलब्ध हुन्छ, कानूनी सहायता

उच्च अदालत सुर्खेतमा सबैभन्दा बढी जबर्जस्ती करणी सम्बन्धी मुद्धा

विभिन्न विधेयक पारित गराउन दबाब दिँदै सडकमा

Leave a comment

Your email address will not be published. Required fields are marked *