स्नातकोत्तर पढाई खर्च जुटाउन तरकारी खेती गर्दै

मुगु, १ चैत्र ।
तरकारी खेतिबाट मनग्य आम्दानी हुने भएपछि तरकारी खेतिबाटै स्नातकोत्तरसम्मको पढाई खर्चको जोहो गर्नमा विद्यार्थी लागेका छन् । परम्परागत रैथाने बालीबाट घरखर्च धान्न समस्या भएपछि विद्यार्थीले तरकारी खेतीमा लागेर राम्रो आम्दानी गरेका छन् ।

जिल्लाको छायाँनाथ रारा नगरपालिका भामवडा गाउँमा तरकारी ब्यबसाय सञ्चालन गर्दै आउनुभएका बिर्खबहादुर भामले तरकारी खेती गर्न ६ रोपनी जग्गामामा दुई लाख रुपियाँभन्दा बढी लगानी गर्नुभएको छ ।

उहाँकाअनुसार सदरमुकाम गमगढी बजारमा दिनप्रतिदिन तरकारी खेतीको माँग बढेपछि आफूहरु त्यसतर्फ लागेको बताउनुभयो । तरकारी खेतीबाट गरेको आम्दानीले काठमाडौंमा गएर स्नातकोत्तरको पढाई गर्ने तयारी आफूले गरेको भामले बताउनुभयो ।

उहाँका अनुसार प्याज, लसुन, बन्दा, काउली, टमाटर र रायो साग उत्पादन गरी तरकारी बजारमा बिक्री गरी बार्षिक तीन लाख जति आम्दानी भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार बेमौसमी तरकारी उत्पादनका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

कृषि विकास कार्यालयले जिल्ला भित्रका उत्कृष्ट कृषकलाई वार्षिक १५ हजारसम्म नगद पुरस्कार वितरण गर्नेगरेको कार्यालय प्रमुख खेमराज शाहीले बताउनुभयो ।

जिल्लाभरिका उत्कृष्ट कृषकलाई बार्षिक एक लाख रुपियाँ प्रोत्साहन स्वरुप प्रदान गरिदैआएको उहाँको भनाई छ । जिल्लामा तरकारी खेती गर्ने कृषकको उच्च मूल्यांकन गरी आवश्यक बजेट सहयोग गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

स्नातकोत्तर पढाई खर्च जुटाउन तरकारी खेती गर्दै

‘अभिभावक जागरुक भए सरकारी स्कुल सुध्रिन्छन्’

स्नातकोत्तर पढाई खर्च जुटाउन तरकारी खेती गर्दै

दुई वर्षभित्र कर्णाली प्रदेशका सबैको घरमा बिजुली

Leave a comment

Your email address will not be published. Required fields are marked *