केपी ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरिसकेँ, चुनावपछि अर्को गठबन्धन बन्दैनः प्रचण्ड

काठमाडौं,२८ कात्तिक ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई २० वर्षसम्म निरन्तर लगिने बताएका छन् । कतिपयले चुनावपछि गठबन्धन के हुन्छ? नयाँ बन्छ कि भन्ने अनुमान गरिरहेको उल्लेख गर्दै प्रचण्डले कम्तिमा १५÷२० वर्षसम्म यही गठबन्धनलाई कायमै राख्ने बताए ।

लमजुङको राइनासमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो गठबन्धन चुनावसम्म मात्रै होइन। कतिपयले भन्छन् चुनावपछि फेरि अर्कै गठबन्धन बन्छ कि, हुँदैन केही पनि। जबसम्म यो देशमा संविधान, लोकतन्त्र र शान्तिमाथि तथा जनताले पाएको अधिकारमाथि चुनौती रहिराख्छ, तबसम्म यो गठबन्धन पनि गइराख्छ। १०, १५, २० वर्षसम्म जाओस्। अब अर्को प्रयोग हुँदैन।’

प्रचण्डले पछि के गर्छ भनेर कतिपयले शंका गर्ने गरेको उनले बताए। ‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएको छु। अब त्यो ज्ञान यताउता हुनेवाला छैन। यही गठबन्धनलाई लिएर जाने हो,’ उनले भने । उनले आफू र नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सँगसँगै देशका विभिन्न चुनावी सभामा गएको र सत्ता गठबन्धनका पक्षमा विस्तारै जनलहर आइरहेको दाबी गरेका थिए।

‘हाम्रो जीत सुनिश्चित छ। जितिसकेपछि विकास निर्माण र समृद्धि तथा सुशासनमा ध्यान दिने हो। राजनीतिक परिवर्तन हुने तर आर्थिक विकास नहुने गर्दा राजनीतिक परिवर्तन दीगो भएन। अब सबै तागत विकास समृद्धि र सुशासनका लागि लगाउने हो,’ उनले भने।

सेतोपाटी

केपी ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरिसकेँ, चुनावपछि अर्को गठबन्धन बन्दैनः प्रचण्ड

डेंगु नियन्त्रणमा बेवास्ता

केपी ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरिसकेँ, चुनावपछि अर्को गठबन्धन बन्दैनः प्रचण्ड

यूएईविरुद्ध नेपालले फिल्डिङ रोज्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *