सुनचाँदीको मूल्य घट्यो 

 काठमाडौं, २८ असोज ।

शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला ९४ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार ९४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो अघिल्लो दिनको तुलनामा एक सय रूपैयाँले कम हो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले घटेको छ। बिहीबार एक हजार एक सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार एक सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सेतोपाटी

सुनचाँदीको मूल्य घट्यो 

बढ्दो बैंक ब्याजदरको विरोधमा विरेन्द्रनगर बजार बन्द

सुनचाँदीको मूल्य घट्यो 

राष्ट्रिय महिला भलिबलः एपिएफको विजयी यात्रा सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *