भेरी नदिको किनार नजिकै ट्रस्टघर निर्माण

सुर्खेत, ३० असार ।
नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटरबाट प्राप्त रु ७ लाख रुपैयामा नयाँ सबुज गणद्धारा वीरेन्द्रनगर नगरपालिका वडा नं.१० स्थित भेरी नदिको किनारमा ट्रस्ट निर्माण गरिएको हो ।


विभिन्न स्थानबाट दाहसंस्कार गर्न आउने , कृया बस्ने र मलामिहरुकोे असहजतालाई मध्यनजर गर्दे ट्रस्ट निर्माण गरेको पश्चिम कमाण्ड हेड.क्वाटरले जनाएको छ ।

ट्रस्ट हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालीकाका उप प्रमुख निलकण्ठ खनालले नेपाली सेनाले गर्दे आएको जनहित कार्य अन्तर्गत पर्ने यस कार्यक्रमले केहि हदसम्म टेवा पुग्ने विश्वास लिएको बताएका छन् ।

मुत्यु पछी अन्तेष्टि गर्न आउने मलामि हरु लाइ बस्न ट्रस्ट निर्माण आवश्यक भएको बुझेर नेपाली सेनाले गरेको महान कार्यको लागी वीरेन्द्रनगर नगरपालिकाले आभार प्रकट गरेको जानाकरी दिदै आम जनतालाई समस्या पर्दा कसैलाइ सम्झिन्छ भने त्यो नेपाली सेना भएको उपप्रमुख खनालले बताएका छन् ।

नेपाली सेना पश्चिम कमाण्ड हेड.क्वाटरले वडा नं १० का वडाअध्यक्षको हस्ताक्षर गरि ट्रस्टघर हस्तान्तरण गरेको हो । नेपाली सेनाको पश्चिम कमाण्ड हेड.क्वाटरले बिहिबार ट्रस्ट हस्तान्तरण कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष, सदस्य र पश्चिम कमाण्ड हेड.क्वाटरको टोलीको उपस्थिति रहेको थियो ।







