१३ वर्षदेखि पशुझैं खोरमा थुनिएका भीमराज

माेहन सिह
जाजरकोट, ३० चैत्र ।
३ वर्षको उमेरमा मानसिक सन्तुलन गुमाएर १३ वर्षअघिदेखि पशु झैं कहिले दाम्लोमा त कहिले खोरमा बाँधिएका १६ वर्षिय भिमराज रावत भेटिएका छन् ।
जाजरकोट बारेकोटको वडा नं. ४ रावत जिरीको गरीब परिवारमा जन्मेका भीमराजको दुई भाई र एक बहिनी छन् । उनी अहिले १६ बर्षका भए । उनको बुवाआमाको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । ऋण जोखो गरेको पैसाले कहिले नेपालगन्ज, कहिले काठमाडौं त कहिले भारतका अस्पताल पनि धाए । तर, भीमराजको उपचार हुन सकेन ।
भीमराजलाई हुल्नका लागि उनका बाबुले बाख्राको जस्तै खोर बनाएका छन् । खोर भित्र राखेन भने घर परिवार वा जो भेटिए पनि ढुङ्गा र दाँतले आक्रमण समेत गर्ने गरेका छन् । भीमराजको उमेर बढ्दैजाँदा परिवारका मान्छे चिन्तित छन् ।
मानव चेतना नभएझैं देखिने भीमराज बलिया देखिन्छन् । कुनै कुनै बेला नियन्त्रण गर्न निकै गाह्रो हुने छिमेकी बताउँछन् । भीमराजको उपचार खर्च जुटाईदिनका लागि सबैसँग उनको परिवारले अपिल गरेको छ । मनकारी व्यक्तिहरुले सहयोग गरिदिनु हुन विनम्र अनुरोध छ ।







