एमाले निकट युवा संघको मेहलकुनामा भेला

दिलिप ढकाल
गुर्भाकोट, ३० चैत्र ।
नेकपा एमाले निकट युवा संघ नेपाल नगर कमिटीको आयोजनामा युवा भेला सम्पन्न भएको छ । देशैभर स्थानीय तहको निर्वाचनको माहोल तातिरहेको बेला विभिन्न ठाउँमा भिभिन्न पार्टीले चुनाब लक्षित कार्यक्रममा तिव्रता दिएका छन् ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल गुर्भाकोट नगर कमिटीको आयोजनामा चुनावी केन्द्रियत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य तथा एमाले प्रदेश कमिटी सदस्य धु्रव कुमार शाहीको प्रमुख आतिथ्यतामा युवा भेला सम्पन्न भएको छ ।
भेलामा एमाले नेता ठम्मर विष्ट, एमाले कर्णाली प्रदेश कमिटी सदस्य मान बहादुर खत्री, सुशिला विश्वकर्मा, चुडामणी शर्मा, जिल्ला कमिटी तिलक केसी, खुम बहादुर डाँगी, प्रशन्न कुुमार शाह, जीत बहादुर पुन, नगर कमिटी देव बहादुर खत्री, नगर कमिटी सचिव सशि भट्टराई, दलित मुक्ति मोर्चा नगर कमिटी अध्यक्ष बेल बहादुर विक, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य राम बहादुर भुसाल, खेलकुद महासंघ नगर कमिटी अध्यक्ष दोर्ण हमाल लगायतले बोलेका थिए ।
राष्ट्रिय युवा संघ नेपाल गुर्भाकोट नगर कमिटी अध्यक्ष शंकर गुरुङको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. १ देखि १४ वाड सम्मका सम्पुर्ण कमिटीका अध्यक्ष तथा सदस्य रुको सहभागिता रहेको नेकपा एमाले गुर्भाकोट नगर कमिटिका सचिब शशि भट्टराईले जानकारी दिनुभयो ।







