कालिमाटी गाउँपालिका (एस) शक्ति प्रदर्शन

दुर्गा विसि
सल्लीबजार, ३० चैत्र ।
नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) कालिमाटी गाउँ पालिका स्तरिय बृहत जनसभा सम्पन्न भएको छ । कालिमाटी गाउपालिकाको पुतलीबजारमा भएको कार्यक्रम भब्य मान्छेको उपस्थिति रहेको थियोे । सभालाई केन्द्रीय उप महासचिव ज्वालाको विशेष सम्वोधन रहेको थियोे ।

कालिमाटी गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र केसीको अध्यक्षता र पार्टी उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियोे ।

पार्टी केन्द्रीय कमिटी सदस्य एवं जिल्ला सहइन्चार्ज लोक वहादुर डाङ्गी, पार्टी जिल्ला कमिटी अध्यक्ष हरी केसी, पार्टी जिल्ला कमिटी सचिव रमेशकुमार गौतम, उपसचिव टेकमान वली कर्णाली, प्रदेश सल्लाहकार सदस्य कुल प्रसाद भण्डारी, जिक सदस्य चन्द्र वहादुर गाहा,ओपेन्द्र केसी, अनेमसंघ (समाजवादी) कालिमाटी गाउपालिका कमिटी अध्यक्ष खुमा पंगाली लगाएतले सभालाई सम्वोधन गरेका थिए ।

कार्यक्रमको संचालन पार्टी पालिका कमिटी सचिव कुमार रानाले गरेका थिए भने कार्यक्रममा एमालेबाट २ दर्जन ब्यक्तिहरुले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश समेत गरेका थिए ।

कालिमाटी गाउँपालिका (एस) शक्ति प्रदर्शन

अल्पमतमा परेपछि काँग्रेस सल्यानका सभापति बैठकबाटै भागे

कालिमाटी गाउँपालिका (एस) शक्ति प्रदर्शन

एमाले निकट युवा संघको मेहलकुनामा भेला

Leave a comment

Your email address will not be published. Required fields are marked *