बाढी प्रभावितलाई बीमा कम्पनीको सहयोग

कालीकोट, २४ मंसिर ।

कालीकोट जिल्लाका बाढी प्रभावितलाई बीमा कम्पनीले राहत उपलब्ध गराएको छ । जिल्लाका तीन सय बाढीपहिरो प्रभावित परिवारलाई शिखर इन्स्योरेन्स कम्पनी र हिमालय इन्स्योरेन्स कम्पनीको संयुक्त लगानीमा सिरक डस्ना प्रदान गरिएको हो ।

नेपाली कांग्रेसका युवा नेता टेकराज शाहीको अगुवाइमा दुईवटा कम्पनीले तीन सय बाढी प्रभावित परिवारलाई एक–एक जोर सिरक डस्ना सहयोग गरेका हुन् ।

गत असोज १९ गतेबाट लगातार पाँच दिनसम्म परेको पानीका कारण प्रभावित चार स्थानीय तहका तीन सय घर परिवारलाई दुईवटा बिमा कम्पनीले नौ लाख खर्च गरेर राहत वितरण गरेका हुन् ।

जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ देखि १०, महावै गाउँपालिका वडा नं १, शुभकालकिा गाउँपालिका वडा नं ३ र खाँडाचक्र नगरपालिका वडा नं ५ र १० का बाढी पहिरोबाट ज्यान गुमाएका र पूर्ण तथा आंशिक रुपमा घर क्षति भएका तीन सय परिवारले शाहीको पहलमा राहत पाएका हुन् ।

स्थानीय नेता शाहीले दुवै कम्पनीको केन्द्रसँग राम्रो सम्बन्ध भएकाले राहत उपलब्ध गराउन सहज भएको बताए  । उनले बाढी पहिरो प्रभावितलाई तत्काल दिन खोजेको तर जिल्ला प्रशासनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका बेला व्यक्तिगत रुपमा आफैँले वितरण गर्न नमिल्ने भनेपछि आफुले चुनाव सकिएर परिणाम सार्वजनिक भएपछि वितरण गरेको सुनाए ।

गाेरखापत्र 

विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल

Leave a comment

Your email address will not be published. Required fields are marked *