बाँफिकोट गाउँपालिकाका युवा किबी खेतीमा रमाउँदै

प्रचण्ड खत्री
रुकुम पश्चिम, २७ चैत्र ।
बाँफिकोट गाउँपालिका रुकुम पश्चिमकै सबभन्दा सानो गाउँपालिका हो । थोरै जनसंख्या भएको गाउँपालिकामा युवा धेरैजसो बेरोजार भएर रोजगारीको शिलसिलामा खाडी मुलुक जाने गरेका छन् । युवाहरु कम पड्ने र धेरै बेरोजगार हुने गरेका छन् ।

त्यहिको शिलसिलामा बाँफिकोट–६ र ७ धेरै जसो युवा किबी खेतीमा आकर्षण भएका छन् । युवाहरुले केहि गर्नुपर्छ भन्ने उदेश्यले किबी खेति गरेको युवाहरु बताउँछन । बाँफिकोट गाउँपालिकाको किबी केहि हुनि भनेकै वडा नम्बर ६ र ७ वडा पर्छन ।

त्यस वडामा हरेक बर्ष किबी पकेड क्षेत्र भनेर प्रदेश सरकार र संघीय सरकारले लाखौ बजेट बिनियोजन गरेका हुन्छन । किबी पकेड क्षेत्रको लागि एक करोड रकम आईसकेको र त्यसको परिणाम राम्रै भएको बाँफिकोट गाउँपालिकाका कृषि बिकास शाखा प्रमुख लोकेन्द्र ओलीले बताए ।

बाँफिकोट ६ स्थानीय युबा कृषक झरबहादुर शाहीले किबी लगाएको ३ बर्षमै बेच्न सुरु गरेको बताए । उनले पहिलो पटक परिश्रम गरेको फल बिग्री हुने दुख्ख गरी फलाएको दिन बिर्सिए । अहिले उनले पहिलो पटक ३ कुन्टल बिग्री गरेको सुनाए । उनले सुरुमा ६० हजार बिग्री गरेका हुन ।

किबी खेती केहि गर्ने किसानले दाङ–नेपालगंज काठमाडौंका ब्यापारीसंग समन्वय गरेर बेच्ने गरेको अर्का किबी किसान तारक खत्रीले बताए । ब्यापारीसंग परामर्श गरेर १ केजी बराबर ५० देखि ८० रुपैयाँ सम्म बेच्ने गरेका छन ।

किबी खेतीमा किसानारु पनि त्यतिकै उत्साहित रहेका छन् । यसले गर्दा युबाहरुलाई केहि युवाहरु रोजगारीमा सिमित रहेको वडा अध्यक्ष मनोज कुमार अधिकारीले बताए । अध्यक्ष अधिकारीका अनुसार युवाहरुलाई रोजगारीमा दिलाउने उद्देश्यले यो किबी खेती कार्यक्रम लागु गरेको जानकारि दिए ।

त्यस खेतीमा धेरै परिश्रम गर्नुपर्ने हुँदा त्यसको फल महँगो हुने गरेको कृषि विज्ञहरु बताउँछन । यसले गर्दा ६ र सात वडाका धेरै जसो युवाहरु त्यसतर्फ आकर्षण भएको देखिन्छन । साथै त्यसको प्रभावले वडा नम्बर ५ लेखाबाङका स्थानीयले पनि खेती सुरु गरेका छन् ।

बाँफिकोट गाउँपालिकाका युवा किबी खेतीमा रमाउँदै

सम्पादकीय : क्षयरोगविरुद्ध सहकार्य

बाँफिकोट गाउँपालिकाका युवा किबी खेतीमा रमाउँदै

वडा सदस्यहरुको दुखेसो, ‘पाँच बर्षसम्म भूमिका नै

Leave a comment

Your email address will not be published. Required fields are marked *