एकीकृत समाजवादीको बराहतालमा वडा कमिटी

सुर्खेत, २७ माघ ।
नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) बराहताल गाउँपालिका वडा नं. २ को वडा भेला बुधबार सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य केदार कँडेलको प्रमुख आतिथ्यता एवं जिल्ला अध्यक्ष मोहनसिं बडुवाल, गाउँपालिका कमिटी अध्यक्ष अर्जुन कुमार बुच्चा मगरको विशेष उपस्थितिमा वडा भेला सम्पन्न भएको थियो ।
भेलाले खड्क बहादुर मन्दिर मगरको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा रबिन बस्ने, सिता गिरी, सचिवमा बालाराम बस्नेत, उपसचिवमा कृष्ण बहादुर राजी, राम बहादुर नेपाली चयन हुनुभएको छ ।
भेलामा नेकपा एकीकृत समाजवादी बराहताल गाउँ कमिटीका उपाध्यक्ष भिम बहादुर बुढा, तिलक बहादुर थापा, जिल्ला कमिटी सदस्य गणेश कुमार सलामी लगायतको उपस्थिति रहेको थियो । निर्वाचित वडा कमिटीका पदाधिकारीलाई एस पार्टीका केन्द्रीय सदस्य केदार कँडेलले सपथग्रहण गराउनुभएको थियो ।






