कालिमाटको दुदे मकैमा बदेलको रजाई : कृषक भन्छन रोकथाम को लागि कसैले पहल गरेनन्

दिलिप ढकाल
सुर्खेत, २४ साउन ।
सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ६ का किसान हरु जङ्गली जनावर बदेलले मकै खान थाले पछि चिन्तित बनेका छन्। मकै बालि लगाएर खाने हुँदै गर्दा जङ्गली जनावर बदेलले सबै सखाप पारे पछि वडा नम्बर ६ अन्तर्गत जलजला, काफल्नेटी,जुमखोला डडुवा लगाएत वरपर का किशान निराश बनेका छन्।
पछिल्लो समय रातिको बेला आउने बगाले बदेलले खाने भए सम्मको मकै खाने र खाने नभएको मकै र मकैको डाँठसहित सबै ढालेर छोड्ने गरेको कालिमाटी गाउँपालिका वडा नम्बर ६ जलजला का कृषक गणेश बहादुर कार्कीले जानकारी दिनुभयो।

उहाँले भन्नु भयो, मेरो बारी मात्रै करिब १२-१३ रोपनीमा लगाएको मकै बगाले बदेलले एकै रातमा सखाप बनायो साथै उहाको अनुसार गाउमा बदेलले मकै नखाको कृषक कोहि नभएको र पोलेर खानी मकै पनि अब किन्नु पर्ने अबस्था आएको छ। उहाँले थप्नु भयो खाने जति मकै खाएर भर्खर रोपेको खेतको आली समेत बदेल ले भत्काउन थालेको छ।
यस्तै स्थानिय भिम बहादुर खत्रीले पनि बदेल ले मकै खाएर सखाप पारेको दुखेसो गर्नु भयो,उहाँले थप्नु भएको छ । यसरी बदेलले मकै खानु नौलो नभए पनि यस पटक भने बगाले बदेल आएर एकै रातमा लगाको जति सबै मकै सखाप पारेर जाने गरेको छ। यस बिषयमा वडा नम्बर ६ का वडा अध्यक्ष टेकराज पुलामी सँग बुझ्दा यसरि बदेलले मकै तथा धान खाने पहिले देखिनै भएको भएपनि यो पटक भने धेरैनै खाएको आफु लाई कृषक जानकारी गराएको बताउनु भयो।
उहाँले मकै बारी तथा खेतमा कटेरो (बदेल कुर्ने घर ) बनाएर बस्नु बाहेक अर्को विकल्प नभएको बताउनुभयो । साथै आफुले अब पछिल्ला दिनमा जंगली जनावर बाट किसान को खेतीपाती जोगाउन पालिका सँग समन्वय गर्ने समेत प्रतिबद्दता ब्यक्त गर्नु भएको छ। साथै आफुले प्रहरीको रोहबरमा किसानको क्षतिपूर्ति सहित मुजुल्का बनाएर उचित राहातको लागि पालिकामा सिफारिस गरि पठाउने समेत जानकारी दिनुभयो।
यसै बिषयमा कालिमाटी गाउँपालिका कृषि शाखा प्रमुख बुद्दि बहादुर अाेलीसँग प्रश्न गर्दा वडाले सिफारिस गरि पठाको खण्डमा आफुले क्षतिपुर्तिको लागि पालिका अध्यक्ष समक्ष पठाउने र पालिकाले सकेजति क्षतिपूर्ति उपलब्ध गराउने बताउनु भएको छ।






