पाँच दिनमै हुम्लाका ३ जनाले गरे आत्महत्या

काली बहादुर थापा
हुम्ला, २४ साउन ।
साउन १९ गतेका दिन काठमाडौ कोठा लिई बसेकी माया परियारले आत्महत्या गरेको खबर सुन्न नपाउँदै २० का दिन दिउसो अदानचुली २ कि सर्मिता बुढाले बिस सेबन गरी आत्म हत्ता गरेकी थिईन् । साउन १९ गतेका दिन काठमाडौमा कोठा लिई बसेकी कक्षा १० मा अध्ययन गरी रहेकी धन्या दमाईकी छोरी तथा पोसै दमाई बुवारी माया परियाले सबै घर परिवार काठाडौ कोठा भाडामा बसेको समयमा आत्महत्ता गरेकी थिईन् तर उनले किन र कसरी आत्महत्या गरिन् भन्ने तथ्य अहिले सम्म बाहिर आएको छैन ।

यता २१ गते दिउसो विषालु औषधी सेवन गरेर अदानचुली गाउँपालिका वडा नम्बर २ की सर्मिता बुढाको पनि ज्यान गयो शुक्रबार अपरान्ह साढे २ आप्mनै घरमा ‘नोवन’ नामक विषालु औषधी सेवन गरेर अचेत अबस्थामा रहेकी बुढालाई अदानचुली इलाका स्वास्थ्य चौकी पुरयाइएकी भण्डारीको मृत्यु भएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले बताए ।
सो दिन घरमा कोही नभएको अबस्थामा र श्रीमान् समेत घर भन्दा बाहिर गएको अबस्थामा बिस सेबन गरेर अचेत अबस्थामा ।ीमान् गगन भण्डारीले भेट्टाए लगत्तै प्रहरी चौकीलाई खबर गरी बोकेर स्वास्थ्य चौकी ल्याइएकी भण्डारीलाई केहि छिनमै मृत घोषणा गरिएको श्रीनगर प्रहरी चौकीका इन्चार्ज चक्र बुढाले बताए ।
१९ वर्षिय भण्डारीले पनि के कारणले विष सेवन गर्नु पर्यो भन्ने तथ्य बाहिर आइ सकेको छैन । त्यसको ठिक २ दिन पछि अर्थात २३ गते सोही जिल्लाकै ताँजकोटका स्वास्थ्यकर्मी बोगटीले झुण्डीएर आत्महत्या गरेका छन् गएको शुक्रबारबाट हराएका ताँजकोट गाउँपालिका वडा नम्बर ४ का स्वास्थ्यकर्मी जीवन बोगटी मृत भेटिएका छन् ।
स्वास्थ्य संस्थादेखि घर फर्केका बोगटी आज सोमबार नजिकै रहेको जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छप्रेला प्रहरी चौकीका इन्चार्ज बलिभद्र पनेरुले जानकारी दिए । वेलुका स्वास्थ्य संस्थाबाट विदा भएर गएका बोगटी अचानक चार दिनपछि आज ताँजकोट गाउँपालिकाको वडा नम्बर ३ स्थित रानीवन भन्ने जंगलमा झण्डीएको अवस्थामा फेला परेका हुन्न् ।
उनि फेज नेपाल संस्थाको तर्फबाट मैला स्वास्थ्यचौकीमा कार्यरत बोगटी शुक्रबार घर जाने भन्दै स्वास्थ्यसंस्थाबाट निस्केको भएपनि घर नपुगेपछि उनी कहाँ गए भनेर खोजि कार्य भैरहेको थियो । उनको खोजिका लागि घरका आफन्त र स्वास्थ्य संस्थाका कर्मचारीले खोजि कार्य गर्दा रानीवनको जंगलमा सल्लाको रुखमा पासो लगाएर झण्डीएको अवस्थामा भेटिएका थिए ।
यस्ता खाले घटना किन घटी रहेका छन् र यसलाई रोक्ने प्रयास भने कुनै पनि स्थानीय सरकारले नचालेको देखीएको छ । हुम्लाको अदानचुलीमा ६ वर्षमा ९ वटा यस्तै प्रकृतिका घटना घटेका छन् तर यि घटनाहरु किन घटे भनेर कुनै पनि छानबिन नभएको पाइएको छ ।






